• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माको यस्तो छ राजनीतिक यात्रा





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ राजनीति थालेको ३३ बर्षपछि राजकीय पदमा पुग्नुभएको छ । उहाँ राष्ट्रियसभा सदस्य निर्वाचनमा ५४२४ मतभारसहित बिजयी हुनुभएको छ ।


राष्ट्रियसभा सदस्यमा निर्वाचित जगप्रसाद शर्मा ‘अपार’को राजनीतिक यात्रा

नामः जगप्रसाद शर्मा ‘अपार’
जन्मः २०२८ माघ २५ गते रुकुमको तत्कालीन नुवाकोट गाविस ४ (हाल रुकुमपश्चिमको चौरजहारी नगरपालिका १४)
हाल मतदाताः तुलसीपुर उपमहानगरपालिका १२ दाङ
राजनीतिक यात्राः
–२०४३ सालदेखि नै मावि खोलागाउँबाट विद्यार्थी संगठनको राजनीति शुरु
–२०४५ सालमा विद्यार्थीको जिल्ला संगठन सदस्य र २०४६–०४७ सालमा जिल्ला कोषाध्यक्ष
–२०४८–४९ दाङमा विद्यार्थी संगठनमा आबद्ध
–२०४६ सालमा तत्कालीन नेकपा मशालको पार्टी सदस्यता प्राप्त
–२०४७ सालमा एरिया सदस्य
–२०४८ को पार्टी एकतापछि नेकपा एकताकेन्द्रको एरिया सदस्य
–२०५० सालमा स्वयंसवेक दलको कमाण्डर, ग्रामीण वर्ग संघर्षको नेतृत्व
–२०५१ सालदेखि भूमिगत


–२०५२ सालमा नेकपा माओवादी रुकुम जिल्ला सदस्य र पूर्वी कमाण्ड इञ्चार्ज
–२०५२ साल फागुन १ गते जनयुद्ध थालनीस्वरुप गरिएकोरुकुमको आठबीसकोट राडी चौकी आक्रमणमा सहभागी
–२०५३ बैशाख २४ गते रुकुम तकसेराको घुम्लीवाङमा भएको नेपालकै पहिलो एम्बुसको कमाण्डर, सोही बर्षदेखि सशस्त्र कब्जा (सक) अभियानको परिकल्पना र अगुवाइ
–२०५४ सालमा सल्यानको बाम प्रहरी चौकी नजिक भएको बम बिष्फोटमा घाइते, घटनामा एउटा आँखा गुम्यो भने अर्को आँखा २५ प्रतिशत बाँकी


–२०५६ देखि ०५९ सम्म नेकपा माओवादी भारत शाखामा कार्यरत
–२०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित
–२०५९ सालमा कोशी अञ्चल इञ्चार्ज, केही समयपछि मेची इञ्चार्ज र लगत्तै मेची–कोशी ब्यूरोमा कार्यरत
–२०६४ देखि ०६६ सम्म कोचिला राज्य समिति सचिव
–२०६७ देखि थारुवान राज्यको सहइञ्चार्ज
–२०७४ मा पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा प्रदेश ५ को सचिव

Facebook Comments