• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वन विज्ञान विश्वविद्यालयका पीडित अभिभावकको खुलापत्र– माफियाबाट सास्ती भोग्ने कहिलेसम्म ?





माननीय शिक्षामन्त्रीज्यू तथा सबै सरोकारवालाहरु !
कृषि तथा वन विश्वविद्यालय, वन सङ्काय हेटौडामा गत पुस ७ गतेदेखि पठनपाठन बन्द भएको छ । यसरी महिनौसम्म पठनपाठन बन्द हुँदा पनि यसतर्फ कसैको ध्यान गएको देखिदैन । सम्बन्धित निकायले तालाबन्दी खोल्नेतर्फ किन कुनै पहल गर्दैन ?


म एक अभिभावकको नाताले यो समस्या समाधानका निम्ति यथाशीघ्र पहल गरि पठनपाठन ससचारू गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।


विद्यार्थीहरूले त्यस कलेजमा भएको अनियमितताको आराप सत्य हो या मिथ्या, कलेजले स्पस्टिकरण देओस् र चोखो बनोस् अथवा त्यसको छानविन भई समस्या समाधान गरियोस् । विद्यार्थीको तर्फबाट सामाजिक सञ्जालमा आएको समाचारअनुसार गत पुस छ गते कृषि तथा वन विश्वविद्यालय अन्तर्गत वन बिज्ञान संकायले लिएको प्रवेश परिक्षामा झण्डै १६ सय जना सम्मिलित थिए र ६ गते भर्नाको लागि मेरिट लिष्ट निकालियो, जसले सम्पूर्ण बिद्यार्थीहरुलाई चकित बनायो ।


उक्त लिष्टमा ४२ औ स्थान पछाडिका परिक्षार्थीहरु आंगिक क्याम्पस कटारीको मेरिट लिष्टको लागि अयोग्य ठहर गरियो र ६२५ औ स्थान पछाडिका परिक्षार्थीहरुलाई योग्य भन्दै भर्नाका लागि आवाहन गरियो।

अझ आश्चार्यको कुरा उक्त लिष्टमा परेका नामहरु एक दुईजना बाहेक सबै एउटै ईन्स्टिच्युट पढेका बिद्यार्थी थिए।अर्को दिन विहानै ठ गते विद्यार्थीहरुले भर्ना लिष्ट सच्याईनु पर्ने माग राख्दै कलेजमा तालाबन्दी गरे।आज एक महिना पुग्दासम्म पनि कलेज प्रशासनले कुनै सुनुवाई गरेको छैन र सम्पूर्ण पठन पाठन पुर्ण रुपमा बन्द छ ।


कलेज प्रशासनले प्रेवेश परिक्षा सुचनाको बुदाँ नं.१८ मा प्राथमिकता र योग्यतालाई आधार मानेर प्राथमिकता लगाएकालाई छनोट गरिएको बुदाँ समाति आफ्नो लाज छोप्नको लागि भनौं या शैक्षिक माफियागिरीमा लागिपरेको छ तर सोही सुचनाको बुदाँ नं. ७ मा योग्यताक्रमको आधारमा छनोट गरिने प्रष्टसँग उल्लेख गरिएको छ र विगतका बर्षहरुमा पनि योग्यतालाई आधार मानि छनोट गरिएको छ। त्यस्तै उक्त सुचनाका बुदाँहरु बिगतका बर्षहरुको सुचनाको हुबहु रहेको छ ।

५ गते निकालेको मेरिट लिष्टमा योग्यताक्रम र प्राथमिकताका आधारमा छनोट गरिएको भनेर प्रष्ट लेखिएको छ।उक्त नोटिशहरु विश्वविद्यालयको वेबसाईटमा हेर्न सकिन्छ । आखिर कहिलेसम्म बिद्यार्थीहरुले माफियाहरुबाट सास्ति भोग्नुपर्ने ?

पीडित अभिभावक खगेश्वर भण्डारी
तुलसीपुर, दाङ

Facebook Comments