• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन हुने




सर्वाधिक पुरस्कार राशिको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन खेलको विकास तथा नेपाल भ्रमण वर्ष र घुमौं कर्णाली कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने उद्ेश्यले जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार, ट्रफि, मेडल, प्रमाण–पत्र र उप–विजेताले ३१ हजार नगद, ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गर्ने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगरले जानकारी दिए ।

उनका अनुसार शान्त्वना हुने दुइ टीमले नगद ११ हजारका साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगाको बालमन्दिरमा संचालन हुने यो प्रतियोगिता जिल्लाको हाल सम्मकै सर्वाधिक पुरस्कार राशिको भएको आयोजकको भनाई छ । गतवर्षबाट सुरु भएको यस प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत संस्करणको विजेताले ५० हजार पुरस्कार पाएको थियो । त्यसमा अहिले १ हजार बृद्धि गरिएको अध्यक्ष बुढाको भनाई छ ।

४ दिन सम्म चल्ने प्रतियोगिता खुला रहेको र जुनसुकै ठाउँका खेलाडिले पनि सहभागिता जनाउन पाउँने बताईएको छ । पछिल्ला केहि वर्षदेखि जिल्लामा ब्याडमिन्टनको क्रेज बढ्नुका साथै खेलको स्तर समेत बढ्दै गएको छ ।

जसका कारण जिल्लाका विभिन्न ठाउँमा धमाधम ब्याटमिन्टन प्रतियोगिताहरु समेत आयोजना भैरहेका छन् । यो प्रतियोगिताले जिल्लामा ब्याटमिन्टन खेलको विकासमा अझै टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ ।

Facebook Comments