• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगर भेषभूषामा संगीता र संजोक प्रथम





मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङको आयोजनामा शनिवार घोराहीमा भएको मगरात भेषभूषा प्रतियोगितामा महिलातर्फ संगीता रोका र पुरुषतर्फ संजोक बुढा मगर प्रथम हुनुभएको छ ।


प्रतियोगितामा महिलातर्फ संगीता रोका प्रथम, सपना बुढा द्धितीय, प्रेरणा रोका, मायाँ बुढा र पुष्पा बुढा तृतीय तथा पुरुषतर्फ संजोक बुढा मगर प्रथम, मिसाङ बुढा मगर द्धितीय, रेमन बुढा मगर, प्रकाश पुन मगर र जेनिस पुन मगर तृतीय हुनुभएको थियो ।


प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षता, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन ‘अनन्त’को प्रमुख तथा पूर्वसभामुख ओनसरी घर्ती र प्रदेशसभा सदस्य बसन्त घर्ती मगरको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रम सञ्चालन महासचिव प्रकाशसिंह पुनले गर्नुभएको थियो ।

कोषाध्यक्ष सुरश बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले प्रतिष्ठानको अक्षयकोषमा एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

हरेक बर्ष अक्षयकोषको ब्याजबाट कार्यक्रम हुने गरेको छ । अहिले अक्षयकोष ६ लाख राशिको रहेको छ । सो अवसरमा नाटकसहित विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।

प्रतियोगिताको मिडिया पार्टनरमा सिस्ने अनलाइन रहेको थियो ।

Facebook Comments