• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होल्तारामा मसला उद्योग संचालनमा





रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा ९ चौखावाङको होल्तारामा रहेको मसला उद्योग आजबाट संचालनमा आएको छ । उद्योगको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख र मुसीकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले सयुक्त रुपमा उद्योगको स्वीच अन गरेर उद्धघाटन गनुभएको हो ।

नमूना सहकारी गाउँ स्थापना कार्यक्रम अन्तरगत सृजनशिल महिला आयआर्जन सहकारी संस्थाले मसला उद्योग स्थापनाका लागि कर्णाली प्रदेश सरकारबाट २१ लाख अनुदान पाएको छ । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट घर निर्माण सहित आवश्यक सामग्री खरिद गरि उद्योग संचालन गरिएको हो । त्यस्तै सहकारीले उक्त उद्योगको लागि ४ लाख लगानी गरेको छ ।

सामग्री जडान गर्न ढिलाई हुँदा उद्योग संचालनमा समस्या देखिएको थियो । खरिद गरिएका सामग्री ढुवानी गरेर होल्तारामा पुर्याईसकिएको तर जडान गर्ने जनशक्ति नहुँदा ढिलाई भएको थियो । केहि समय पहिले समान खरिद गरि जडान भएसंगै उद्योग संचालनमा आएको सहकारीकी व्यवस्थापक जोखिमाया कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामानका केहि पाटपुर्जा बाटोमै हराएका कारण पनि संचालनमा समस्या भैरहेको थियो । स्थानीय अदुवा, लसुन, अलैंचि लगायतबाट मसला उत्पादन गर्ने लक्षका साथ उद्योग संचालनमा ल्याइएको उहाँको भनाई छ । उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थ उत्पादनका लागि १२ रोपनी जग्गा लिजमा लिएर बेसार, अलैचि, अदुवा,लगायत मसलाजन्य बस्तुको खेती भैरहेको छ ।

त्यस्तै उक्त सहकारीले एक वर्षको आय व्यय पनि प्रस्ततु गरेको छ । सहकारीमा ५६ हजार ६ सय ७० नागत मौज्जाद रहेको छ । भने बैक तथा बित्तिय संस्थामा १४ लाख ७३ हजार ८ सय ७२ नगत रहेको बताइएको छ ।

संस्थाकी व्यवस्थापक जोखिमाया कठायतले प्रस्ततु गर्नुभएको आर्थिक प्रतिबेदनमा ५९ लाख ७१ हजार ६ सय ३७ रुपयाँ कर्जा तथा ऋण लगानी रहेको उल्लेख गरिएको छ । संस्थामा २१ लाख ७९ हजार ३४ रुपयाँको स्थीर सम्पती रहेको छ ।

संस्थाकी अध्यक्ष देउसिला बुढाको अध्यक्षतमा भएको उद्धघाटन कार्यक्रममा जिसस प्रमुख शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसीकोट नगरपालिकाका प्रमख गौतम, कृषि बिकास कार्यालयका प्रमुख राजेश शाह, पशु सेवा कार्यालयका प्रतिनिधि शेरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

साथै उक्त टालीले नगरपालिका वडा नम्वर ४ मा रहेको मुसीकोट एगा्रेभेट र तरकारी विउ उत्पादन केन्द्र चापामा रहेको सिचाई कुलोको अनुगमन पनि गरेको छ ।।

Facebook Comments