• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गीतकार रमेश गृहजिल्लामा सम्मानित





गीतकार रमेश दाहाललाई गृहजिल्ला दोलखामा साहित्यिक सम्मानबाट सम्मानित गरिएकोछ ।

वरिष्ट पत्रकार तथा साहित्यकार चिरञ्जीवी मास्केले आफ्ना जन्मदिने आमा बिष्णुलक्ष्मी र कर्मदिने आमा तुलसीमाया मास्केको सम्झनामा आठबर्ष अगाडि स्थापना गर्नुभएको विष्णुलक्ष्मी÷तुलसीमाया साहित्य सम्मान २०७६ बाट दाहाल सम्मानित हुनुभएको हो ।


यो सम्मान दोलखा जिल्लाबाट साहित्यमा कलमचलाई राष्ट्रियस्तरमा निरन्तरता दिएका साहित्यकारहरुलाई प्रदान गरिन्छ।रमेशले बिगत लामो समयदेखि नेपाली गीति लेखनका माध्यमबाट नेपाली गीत सँगीतको उन्नतीका लागि काम गर्दै आउनुभएको छ ।


चरिकोटमा आयोजना गरिएको सम्मान कार्यक्रममा दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा गाउँ तथा नगरपालिकाहरुबाट पालिकाप्रमुख, उपप्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, साहित्यिकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो।

Facebook Comments