नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सभामुखमा दाबी नभएको स्पष्ट गर्नुभएको छ ।
शर्मालाई सभामुख बढाउन शीर्ष तहमा छलफल चलेको समाचार सार्वजनिक भएपछि सार्वजनिकरुपमै प्रतिक्रिया जनाउँदै उहाँले भन्नुभयो– ‘सभामुखको बिषयले संसद चल्न नसकिरहेको अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरूका बीचमा सहजीकरणको भूमिकामा लागेको साँचो हो तर म आफै सभामुख हुनका लागि होइन र दाबी पनि छैन ।’
सिस्ने अनलाइनसँगको कुराकानीमा उहाँले आफू पार्टी एकता जोगाउने र देशलाई निकास दिनेतिर केन्द्रित रहेको बताउनुभयो ।
‘पार्टी एकताको पहलकर्ता हुनुको नाताले पार्टी एकतामा समस्या आउने घटनालाई कसरी हल गर्नुपर्छ भन्नेमा मेरो बढी चिन्ता रहन्छ’– उहाँले भन्नुभयो– ‘एकातिर संसद नै ठप्प हुने स्थिति र अर्कोतिर पार्टी एकतामै प्रश्न उठ्न थालेपछ मैले सभामुखमा सहमति जुटाउन सहजीकरण गरेको साँचो हो तर म आफै सभामुख बन्न खोजेको वा दाबी पेश गरेको भन्ने कुरा सही होइन र मेरो दाबी रहँदैन ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।