धरौती बुझाएर छुटे लगत्तै दाङमा दुई जना विप्लव समुहका नेताहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेक्रबिक्रम चन्द बिप्लव समुह नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज परियार र विष्णुबहादुर रावतलाई दाङ देउखुरी जिल्ला अदालतमा आज धरौटी बुझाएर निस्कने क्रममा प्रहरीले पुनः पक्राउ गरेर हिरासतमा राखेको हो ।
उनिहरुलाई पुनः अर्को मुद्धामा कार्वाही गर्ने गर्ने उदेश्यले पक्राउ गरिएको हो । गएको असोज ३० गते पार्टीका मध्य कमाण्ड ईन्चार्ज बिरजंग सहित २१ जना बिप्लव समुहका नेताहरुलाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो । ३ महिना सम्म हिरासतमा बसेका उनिहरुलाई अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
तर पुनः पक्राउ पर्ने देखिए पछि उनिहरु सबै कारागार जाने निधो गरेका थिए । त्यस पछि केही दिन पहिले ४ जना नेताहरु धरौटी तिरेर निस्कने क्रममा प्रहरीले लछारपछार गर्दै पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पु¥याएको थियो ।
उनिहरुलाई सर्वोच्च अदालतले छोड्न आदेश दिए पछि रिहा भएको बताईएको छ । एकै साथ पक्राउ परेका मध्य १५ जना विप्लव समुहका नेताहरु विभिन्न कारागारमा रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।