• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइज कोरियनको प्रदेश नं. ५ मै उत्कृष्ट नतिजा, विद्यार्थीलाई सम्मान





दाङको घोराही रहेको वाइज कोरियन भाषा सेन्टरले २०१९ को इपिएस भाषा परीक्षा सम्मिलित भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको छ । भाषा सेन्टरले पहिलो चरणको परीक्षामा उत्तीर्ण भई पुनः दास्रो चरणको स्किल टेस्टमा परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बिदाई तथा सम्मान गरेको हो ।

सेन्टरका सञ्चालक तथा प्रमुख प्रशिक्षक सन्तोष लम्सालले स्थापना कालदेखि नै राम्रो नतिजा प्राप्त गर्दै आएको यो वर्ष पनि उत्कृष्ट नतिजा लिएको बताए । हामीले पढाए अनुसार विद्यार्थीहरुले लगनशिल, मेहनत र अनुशासित तरिकाले ज्ञान र सिप आर्जन गरेकै कारण हामीले उत्कृष्ट नतिजा प्राप्त गरी एउटा उच्च स्थानमा पर्न सफल भयौ र यो स्थानसम्म ल्याई पु¥याउँने विद्यार्थीहरुकै उपज भएको उनको भनाई थियो । स्किल टेस्टमा फेल भएका विद्यार्थीहरु आगमी दिनहरुमा अझ मेहनतका साथ अभ्यास गरी अगाडी बढ्न उत्प्रेरित गरे ।

यो विज्ञान तथा प्रविधिको युगमा थप शिक्षामालाई गुणस्तरिय बनाउँनको लागि कक्षाहरुमा डिजिटल प्रोजेक्टर मार्फत विषय वस्तु अनुरुपका सामाग्रीहरु प्रस्तुत गर्नमा विशेष जोड दिएको पनि उनको भनाई थियो । सिमान्तकृत तथा न्युन आर्थिक अवस्था भएका परिवारको विद्यार्थीलाई त्यसको अवस्था हेरी निःशुल्क पढाउँ सकिने समेत उनले बताए । साथै स्किल टेस्ट परीक्षा पास भएका विद्यार्थीलाई बधाई दिदै आगामी प्रक्रिया चाडो होस भनी कामना गरी आफू सदैब विद्यार्थीहरुको समस्यालाई समाधान गर्न तर्फ उन्मुख हुने जकिर गरे ।

सेन्टरका प्रबन्धक तथा प्रशिक्षक किसन वलीले विद्यार्थीहरुलाई हार्दिक बधाई दिदै २०१९ को इपिएस भाषा परीक्षामा सम्मिलित भई प्रदेश नं. ५ कै उत्कृष्ट नतिजा लिनु र यो स्थान सम्म पु¥याउँने अधिकांश विद्यार्थीहरुको मेहनतको फल भएको बताए । भाषा परीक्षाको पहिलो चरणमै १५३ जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको र फेरी दोस्रो चरणको स्किल टेस्टमा १५३ जना मध्यबाटै १२६ जना विद्यार्थीहरु उत्तीर्ण भई प्रदेश नं. ५ मै उत्कृष्ट स्थानमा पर्न सफल भएको उनले बताए ।

यस भाषा सेन्टरमा अध्ययन गरेर पनि दोस्रो स्थानमा सफल हुन नसकेका विद्यार्थीहरुलाई थप अध्ययन गरी पुनः परीक्षा सहभागी हुन र विद्यार्थीहरुले पढ्नु भन्दा पहिले संस्थाको गहन अध्ययन तथा अनुसन्धान गरेर मात्र कोरियन भाषा पढ्न अनुरोध समेत गरे । विगतमा भएका गल्ती तथा कम्जोरीलाई सच्याउँदै दाङमा नमूना संस्थाको रुपमा परिचित गराउँनका लागि शिक्षण सिकाईलाई डिजिटल माध्यामबाट अगाडी बढाउँने पनि उनको भनाई थियो ।


भाषा सेन्टरले पास भएका विद्यार्थीहरुलाई अविरर खादा लगाई सम्मान पत्रले सम्मान गरेको थियो । स्किल टेस्ट पास भएका विद्यार्थीहरुले हातमा सम्मान पत्र लिदै हर्षित अनुहार देखाउँदै यहाँसम्म आइ पुग्नुमा गुरुहरुकै मुख्य हात रहेको बताएका थिए । साथै विद्यार्थीहरुले एक आपसमा प्रमाण पत्रहरु देखाउँदै खुशी साटासाट समेत गरे । कार्यक्रमको सहजिकरण विद्यार्थी बिनोद जिएमले गरेका हुन् ।

Facebook Comments