• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा माओवादी जनसरकारले पाए मान्यताः गाउँमै पुगेर धमाधम जनसत्ताका लिखत पास





माओवादीले सञ्चालन गरेको दश बर्षे जनयुद्धका क्रममा जनसत्ताले गरेको घरजग्गाको लिखत युद्धप्रभावित जिल्लाहरुमा ठूलो टाउको दुखाइको बिषय बनेको थियो । तर, रुकुमपश्चिममा यो समस्या सहज समाधान गरिएको छ ।


रुकुमपश्मिका सबै स्थानीय तहमा जनयुद्ध सञ्चालक माओवादीले नै जितेको थियो । कानूनी यथेष्ट कानूनको ब्यवस्था गरी स्थानीय तहहरुको पहिलमा जनसत्ताका लिखत मालपोतमा पास गर्न थालिएपछि जिल्लामा रहेको झण्डै ३ हजार पाँच सय घर परिवारको समस्या समाधान हुने क्रम शुरु भएको छ ।


स्थानीय तहहरुले अहिले गाउँगाउँमै पुगेर घुम्ती शिविरमार्फत यी समस्या समाधान गरिरहेका छन् । स्थानीय तहको सहजीकरणमा जग्गा बेच्ने र किन्नेबीच सहमति गरेर नामसारी गरिएको छ । जनयुद्धका क्रममा सरकारी उपस्थिति कमजोर बन्दै गएपछि माओवादीले चलाएको जनसत्ताकै कागजमा आधारित भएर घरजग्गाको खरिद बिक्री हुन थालेको थियो ।

रुकुमको त्रिवेणी गापामा गरिएको घुम्ती शिविर

शान्ति स्थापना भएपछि जनसत्ताका लिखतले मान्यता पाएनन् । माओवादीकै नेतृत्वमा सरकार हुँदा पनि जनसत्ताका लिखतले मान्यता नपाएपछि स्थानीय बासिन्दा समस्यामा परेका थिए । जनसत्ताका लिखतले मान्यता नपाएपछि कतिले थप मूल्य तिरेर मालपोत कार्यालयमार्फत फेरि जग्गा पास गराएका थिए ।


यो समस्या समाधान गर्नस्थानीय तहहरुले पहल थालेका थिए । सानीभेरी गाउँपालिकामा स्थानीय सरकार गठन भएलगत्तै २०७४ मा सानीभेरी गाउँकार्यपालिकाको पहिलो बैठकमा १० वटा निर्णयमध्ये १ नम्बर निर्णय जनसत्ताको लिखत समाधान गर्ने निर्णय गरे गरेको थियो भने बाँफीकोटले पनि शुरुदेखि नै पहल लिएको थियो । अहिले भने यो काम जिल्लाब्यापीरुपमा अघि बढेको छ ।


Facebook Comments