• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ सप्ताहव्यापी खेलकूद समापन




राप्ती इञ्जिनियरिङ कलेजद्वारा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताको पुरुस्कार वितरण कार्यक्रम सम्पन्नभ एको छ ।


कलेजमा अध्ययनरत ब्याचलर, डिप्लोमा तथा प्राविधिक एस. एल. सी. तहका छात्रा–छात्रलाई खेलकुदप्रति जागरुक बनाउने उद्देश्यका साथ सप्ताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको कलेजले बताएको छ ।

कलेजले ब्याडमिन्टन, कुर्ची दौड, घैटां फोड, वक्तृत्वकला, तातो आलु, सट पुट, दौड, चेस, हाजिरी जवाफ, फुटवल, व्रिmकेट, भलिवल, बस्केटबल, टेवलटेनिस, लगाएतकाबिभिन्न खेलको आयोजना गरेको थियो ।

खेल समापनमा प्रमुख अतिथि प्रदेशसभा सदस्य इन्द्रजीत थारुले खेलले रचनात्मक प्रतिस्प्रर्धामा उत्रिन भुमिका खेल्ने बताउँदै खेलकुदमा लाग्ने मान्छे कहिल्यै पछाडि नपर्ने बताबताउनुभयो । व्यक्तिमा खेलकुदले आत्मविश्वास बढाँउने भन्दै उहाँले जीबनप्रतिस्प्रर्धांबाट अझ खेलाडीलाई फाइदापुग्ने उल्लेख गर्नुभएको थियो ।


खेलकुदले व्यक्तिलाई सबै क्षेत्रबाट फाइदा पुग्ने भएकोले प्रदेशसभाले प्रत्येक पालिकास्तरीय खेलकुद मैदान बनाउने तयारीमा रहेको कुरा उल्लेख गर्नुभएको थियो । कलेजले गुणस्तरीय प्राविधिक शिक्षा दिएको आफूलाई अनुभुति भएको भन्दै उहाँले बधाई तथा प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, डाइरेक्टर मधुसुदन बैद्य, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यादव सुबेदी, नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, प्रा. डा. बसन्तराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


सो कार्यक्रममा व्याचलर, डिप्लोमा तथा प्राविधिक एस. एल. सी. तर्फका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक भीमसेन गिरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन वि.ई.सिभिल चौथो वर्षका विद्यार्थी विकास जिसीले गरेकाथिए ।

कार्यक्रम खेल संयोजक वि.ई. सिभिल चौथो वर्षका विद्यार्थी गोविन्दकुमार मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments