• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो आफनो एफ.एम चौथो वर्षमा प्रवेश





रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवस्थित सामुदायिक रेडियो आफनो एफ.एम ९० थोप्लो ४ मेगाहर्ज आज देखि तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।

चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित रेडियो आफनो एफ.एम ले वार्षिक उत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका ९० जना विरामीहरुलाई फलफुल वितरण छ । साथै रेडियो वार्षिक उत्सवको अवसरमा जाजरकोट र रुकुम पश्चिमका ३ जना शारिक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले वताउनुभयो ।

जन्मपश्च्यात शारिरीक अपांगता भएका जाजरकोट भेरी नगरपालिका ३ कि शुसिला शाह रुकुम पश्चिमको चौरजहारी नगरपालिका निवासी मंगल वोहरा र सावित्री जैसीलाई ह्वीलचियर प्रदान गरीएको हो ।

सोही अवसरमा रेडियोका नियमित स्रोताहरु मध्य २० जना व्यक्तिहरुलाई डिजिटल रेडियो सेट समेत वितरण गरीएको रेडियोका संस्थापक विजय कुमार मानन्धरले जानकारी दिनुभयो । आफनो एफ.एम आफनो आवाज भन्ने मुलनाराका साथ २०७३ पौष २७ गते देखि रेडियो आफनो एफ एम.ले सेवा आरम्भ गरेको थियो ।

१ सय वाट क्षमता भएको रेडियोले दैनिक १८ घण्टा नियमित कायृक्रम प्रसारण गर्दै आईरहेको छ । रेडियोको प्रसारण रुकुम सल्यान जाजरकोट जिल्लाहरुका साथै अनलाईन र हाम्रो पात्रो मार्फत संसारभर सुन्न सकिने रेडियो संचालक समितिले वताएको छ ।

रेडियोले नगर सेरोफेरो,हाम्रो शिक्षा,कृषि,अपांगता आवाज,सवल नारी,दृष्टिकोण लगाएतका सामाचारमुलक एवम टक सो, कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

Facebook Comments