• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यटन प्रबर्धन गर्न मध्यपहाडी लोकमार्गमा यात्रा




नेपालको पर्यटन प्रवद्र्धनका लागि पाँचथरका युवा टोली नेपालको पूर्व देखि पश्चिम सम्मको यात्रा तय गरेका छन् । टोलीमा पाँचथर जिल्लाका भिविन्न राजनीति दलमा आवद्धता युवा र पत्रकार सहित १० जनाको टोली नेपालको पर्यटन स्थलका सामाग्री संकलन गरिरहेका छन् ।


पाँचथरको चिवाभञ्याङ देखिको राष्ट्रीय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग पश्चिमको झुलाघाट वैतडी सम्मको १७ सय ७६ किलोमिटरको यात्रा गर्दै छन् । आइतबार रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्थानीय जनप्रतिनि र पत्रकारसँग रुकुमपूर्वको पर्यटकीय स्थलको अवस्थाबारे छलफल गरेका हुन् ।


उक्त टोलीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न पूर्वमा पाँचथरको चिवाभञ्याङदेखि पश्चिममा बैतडी जिल्ला झुलाघाटसम्मको पर्यटन स्थलको आवश्यक सामाग्री संकलन गरी सञ्चार माध्यमबाट प्रकाशन, प्रशारण, भिडियो डकुमेन्ट्रिी र मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्यटकीय स्थल समेटिएको पुस्तक समेत प्रकाशन गर्नै यात्राको लक्ष रहेको अभियान टोलीका सदस्य एवं सञ्चारकर्मी दिपक बोहोराले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गको निर्माण कार्यको अवस्था र उक्त लोकमार्गले नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन आएको अवस्थामा अध्ययन गर्ने समेत रहेको उहाँले भन्नुभयो–‘मध्यपहाडी लोकमार्ग अन्तर्गतको जिल्लाका सरोकारवालासँग छलफल र आवश्यक पर्यटकीय स्थलको सामाग्री संकलन गर्ने गरेका छौँ र प्रदेश नम्बर १ मा भ्रमणको लागि पनि निम्तो दिइरहेका छौँ ।’

आइतबार रुकुमकोटमा आइपुगेका टोलीलाई सम्मान सहित रुकुमपूर्वमा रहेका पर्यटकिय गन्तव्य तथा धार्मिक क्षेत्रहरूका बारेमा जानकारी प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले जानकारी गराउनुभएको थियो । ओलीले सरकारले ल्याएको नयाँ वर्षमा पर्यटकहरू भित्राउने लक्षमा विभिन्न राजनीतिमा आवद्धता युवा र पत्रकारहरूले खेलेको भूमिका उदाहरणीय काम रहेकोले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।


लोकमार्गले छुने २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्तीका सामाजिक, आर्थिक, पर्यटकीय तथा भौगोलिक अवस्थाको अध्ययन गरी बृत्तचित्र निर्माण गर्ने टोलीले जनाएको छ । रुकुमपूर्वमा अथाह पर्यटकीय स्थलको जिल्ला रहेको जानकारी दिनुहुँदै राष्ट्रीय युवा संघका युवा अगुवा एवं नेकपा प्रदेश ५ का सदस्य सुबोधराज शेर्पालीले भनाइ राख्नु भएको थियो । उक्त टोलीको पर्यटकीय स्थल चिनारीको अभियानले पर्यटन क्षेत्रमा राम्रो टेवा पुग्लने समेत शेर्पालीले बताउनुभयो ।
जाडो मौसम भएकाले पनि विभिन्न समस्या र चुनौतिको सामना गर्दै आए

Facebook Comments