• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका सडक प्रमुखमाथि विप्लव नेकपाको कालोमोसो, यस्ता छन् आरोप




दाङमा सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।

नेकपाका कार्यकर्ताहरुले आइतवार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही गर्नुका १५ वटा कारणहरु उल्लेख गरिएको छ ।

विज्ञप्तिमा प्रमुख ‘जीतेन्द्र चौधरीमाथि कारवाही किन ?’ भन्ने शीर्षकमा १५ वटा आरोपहरु लगाइएका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति

Facebook Comments