• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कामी बुढा पार्कमा माघे सक्रान्तिको मेला शुरु





रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं १० स्थित कामी बुढा पार्कमा परम्परागत पापिनी मेला तथा माघे संक्रान्तिको अवसरमा बिबिध कार्यक्रमसहित रचनात्मक मेला शुरु भएको छ ।


सहिद कामी बुढा–बिजय–छहरा युवा क्लबको आयोजनामा मेला शुरु भएको हो । मेलाको उद्घाटन वडा अध्यक्ष गोप्यश्वर केसीले गर्नुभयो ।

मेलामा पुरुष भलिबल महिला भलिबल, लोकदोहरी, रस्साकस्सी, सामूहिक नृत्य, एकल नृत्य, भाले तान्ने, घैटोफोर लगायतका प्रतियागिता शुरु गरिएको छ ।


त्यस्तै स्थानीय पैसरी नाच र ¥यारंगी नाच पनि प्रतियोगिताको रुपमा सञ्चालन गरिएको छ । माघ १ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबलमा रुकुम पश्चिम रुकुम पुर्ब र रोल्पा गरि २१ टिमको सहभागी रहेको छ । पुरुष भलिबलमा प्रथमलाई २५ हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १५ हजार पुरस्कार र प्रमाणपत्र दिइने छ ।


क्लबका हरिबहादुर कठायतको अध्यक्षता, वडा अध्यक्ष केसीको प्रमुख तथा सहिद कामी बुढाकी छोरी मोतिकला पुनको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा मुसीकोट वडा ९ का वडा अध्यक्ष नवीन ओली, स्थायी प्रहरी चौकी झुल्खेतका इन्चार्ज वीरबहादुर भण्डारीलगायतले बोल्नुभएको थियो ।


क्लबका निवर्तमान अध्यक्ष तपबहादुर कठायतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सल्लाहकार लोकेन्द्र कठायतले गर्नुभएको थियो ।

Facebook Comments