• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यावरणीय विकास तथा अनुसन्धान केन्द्र दाङलाई एक लाखको संरक्षण पुरस्कार




नेपाल पन्छी संरक्षण संघको ३७ औ बार्षिक साधारण सभा यहि पौष २६ गतेका दिन होटल मुनलाईटमा सम्पन्न भयो ।

उक्त ३७ औ बार्षिक साधारण सभाको अवसरमा संघले चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई स्थानिय सस्था पर्यावरणीय दिगो बिकाश तथा अनुसन्धान केन्द्र दाङ र हिमाली संरक्षण मंच, ताप्लेजुङलाई जनही रु. एक लाख राशिको NBCN Grant Award प्रदान गरेको थियो ।

त्यसै गरी लोपोन्मुख गिद्धको अध्ययन अनुसन्धानका लागि दुई विद्यार्थि प्रमिला खनाल र संगिता बस्याललाई जनहि ३० हजार र प्रमाणपत्र सहित जटायु छात्रवृति प्रदान गरीएको छ । उक्त अवसरमा भोगेन्द्र रायमाझी, जया नाथ भण्डारी, उत्सव जंग थापा, पेम्बा शेर्पा, प्रा.डा. रिसी विक्रम शाह र ज्योतेन्द्र ज्यु ठकुरीलाई नेपाल पंछी संरक्षणमा संघको संरक्षक सदस्यको रुपमा सम्मानित गरिएको थियो ।


संस्थाका अध्यक्ष राजेन्द्र गुरुङको सभापतित्व र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न ३६ औ बार्षिक साधारण सभामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पुर्व महानिर्देशक श्याम शुन्दर बजिमय, वन तथा भु–संरक्षण विभागका पुर्व उप महानिर्देशक अनुजा शर्मा, डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधी घनश्याम गुरुङ, आइयुसिएन नेपालका प्रतिनिधी नरेन्द्रमान बाबु प्रधानले संस्थाको आगामी कार्यसफलताको शुभकामना दिनुभएको थियो ।

संस्थाका महासचिव विमल थापाले गत वर्षको कार्यक्रम प्रगती प्रतिवेदन र कोषाध्यक्ष अशोक मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा सस्थाले विगत तिन दशक देखी निरन्तररुपमा गरीएका चरा र जैविक विविधताको क्षेत्रमा गरेका कार्य प्रगति सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत इशाना थापाल प्रस्तुती राखेकि थिइन ।

कार्यक्रममा नेपाल पंछी संरक्षण संघको संरक्षक सदस्य चुङ्बा शेर्पाले चरा सम्बन्धी अध्यन अनुसन्धानको लागि रु १ लाख राशिको छात्रवृति दिने घोषण पनि गर्नुभएको थियो

Facebook Comments