नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको नवौं उपशाखा सभा तथा साधारण सभा आज घोराहीमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा सभापति थम्मन चौधरीको अध्यक्षता एवं ५ नं. प्रदेश सभा सदस्य अमर वहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले नागरीकहरुमा राजनैतिक चेतना भए पनि व्यवहारीकता कमजोर वन्दै गएको भन्दै रेडक्रसको उदेश्य प्रति संवेदनशिल वन्न सुझाएका थिए । ५ नं. प्रदेश सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी अमर वहादुर डाँगीले रेडक्रस मानवतावादी संस्था भएकाले सामाजिक सेवा गर्नु यसको धर्म भएको धारणा राख्नु भयो ।
कार्यक्रममा रेडक्रस सोसाइटी घोराही उपशाखाका संस्थापक सभापति रामदयाल गुप्ता, पुर्व अध्यक्ष नरेशजंग राना रेडक्रसका जिल्ला सभाषद एवं ब्लड वैंकका सल्लाहकार सुन्दर गौतम, घोराही उपमहानगरपालिका दाङका वातावरण तथा विपद व्यवास्थापन शाखा प्रमुख उमेश रेग्मी, लैंगीक समनता तथा समावेशीकरण उपसमिति संयोजक सावित्रा राना, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा सचिव गणेश लम्साल लागाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उप कोषाध्यक्ष उषा सुवेदीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा सचिव इन्द्र वहादुर वुढाथोकीले रेडक्रसको प्रगति तथा कोषाध्यक्ष चिरन्जीवि वुढाथोकीले आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।