• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब किसानको समृद्धि दूधबाटः मन्त्री केसी





कर्णाली प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले रुकुम पश्चिमको समृद्धिको बलियो आधार भनेको दुध भएको बताउनुभएको छ । जिल्लाका अधिकांश ठाउ“मा पशु पालन गर्ने र उक्त दुध बजार पु¥याउन सके समृद्धिको ढोका खोल्न सक्ने उहाँको भनाई छ ।

नागरिक दुग्ध सहकारी संस्था लिमिटेड मुसीकोट नगरपालिका ४ को पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री केसीले अब दुध बेच्नेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । रुकुम पश्चिममा दुध पर्याप्त पाइने भएकाले यसलाई दुधको स्रोत केन्द्र बनाउने तयारीमा लागिएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले नै किसानलाई प्रोत्साहन गर्नका लागि किसानको दुध बजार पु¥याउनका लागि मन्त्रालय लागि परेको बताउनुभयो । जिल्लालाई दुध स्रोत केन्द्र बनाउनका लागि दुधको प्रबद्र्धनका लागि चिलिङ सेन्टर स्थापना गर्ने, गाई ,भैंसी हेरेर किसानलाई अनुदान र ऋण दिने र त्यसबाट पनि दुध उत्पादनमा सघाउ पुग्ने मन्त्री केसीको भनाई छ ।

सहकारीका अध्यक्ष धिरण शेर्पालीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएम, मुसीकोट नगरप्रमुख देविलाल गौतम, नेकपाका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा कुशल, मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबीर खड्का, पशु सेवा कार्यालय तथा पशु अस्पतालका प्रमुख सुवर्णसिङ ठकुरी विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा पेस गरिएको प्रतिवेदन अनुसार सहकारीले दुध तथा दुधजन्य वस्तु उत्पादन र आम्दानी उल्लेख छ । सहकारीले दुध खरिद र विक्री थालेदेखि हालसम्म ६१ लाख ४ हजार ३ सय ५४ रुपैया“को दुध विक्री गरेको छ । १ लाख ३७ हजार २ सय ७ लिटर दुध विक्री गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले २०७५ पौष २५ गतेदेखि दुध खरिद र विक्री गर्न सुरु गरेको थियो । सहकारीको चालु आर्थिक वर्षमा २२ लाख ६२ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ । कर्मचारी तलब भत्ता, वार्षिक जग्गा बहाल, पानी, विजुली वार्षिक इन्धन, मेश तथा मसलन्द खर्च मर्मत तथा सम्भार र गाडि भाडा गरी उक्त खर्च भएको जनाइएको छ ।

सहकारीले आर्थिक वर्ष २०७४/०७५ मा सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेर गाउ“ गाउ“बाट दुध खरिद गरी विक्री गर्दै आइरहेको छ । यही सहकारीले नै जिल्लाको दुध पहिलो पटक जिल्ला बाहिर विक्री गर्न थालेको छ ।

दुग्ध चिस्यान केन्द्र स्थापना गर्न कर्णाली प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ७९ लाख ९९ हजार ९ सय ५० रुपैयाँ अनुदान दिएको थियो ।।

Facebook Comments