• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रचण्डले भित्र्याए विप्लव नेकपाका नेता जीवन्तलाई




सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

आइतबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई पार्टी प्रवेश गराएका हुन् । सोही कार्यक्रममा सीता कार्की पनि नेकपामा प्रवेश गरेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरे ।

‘अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ,’ प्रचण्डले भने, ‘अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।’

विप्लव पनि एकतामा आउने दाबी गर्दै प्रचण्डले तर ढिला गरे फाइदा नगर्ने टिप्पणी गरे । ‘विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ,’ प्रचण्डले भनेका थिए, ‘तर ढिला भयो भने फाइदा गर्दैन ।’

पार्टी प्रवेश गरेका जीवन्तले नेकपाले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको बताएका थिए ।

Facebook Comments