• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा माघ साँस्कृतिक महोत्सवः संस्कृति संरक्षणमा जोड





दाङमा माघ साँस्कृतिक महोत्सव शुरु भएको छ । थारु कल्याणकारीणी सभा दाङको आयोजनामा माघ साँस्कृतिक महोत्सव २०७६ शुक्रबारदेखि घोराहीमा शुरु भएको हो ।


थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षता एवं् प्रदेश नं. ५ का पूर्वाधार तथा भौतिक मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतीथि चौरीलले सरकारले मुक्त कम्लहरी मुक्त भएको घोषणा गरेपनि अझैसम्म त्यसको तथ्यांक नभएको भन्दै अब प्रदेश सरकारले नै मुक्त कम्लहरीहरुको तथ्यांक संकलन गर्ने र विश्लेषण गरी अगाडी बढ्ने बताएका छन् ।


प्रदेन नं. ५ थारु र मगरको बहुल्यता भएको ठाउँ भएकोले माघी पर्वको दुई दिन बिदा दिदै आएको र अहिले पनि दुई दिन बिदा स्वीकृत भईसकेको उनले समेत उनले बताए । ‘केही व्यक्ति धनी हुदैमा समृद्ध आउँदै,’ उनले भने ‘ समृद्ध आउँनका लागि पिछडीएका वर्गको जीवनस्तरमा सुधार आउँनु पर्छ । र, समुदाय संग जोडिएको कला, संस्कृति, भेषभुषा आदिमा पहिचान जोडिएको हुनुपर्छ ।’


राजधानी यो या त्यो ठाउँमा हुन्छ भनेर आफूले भन्न नमिल्ले उनको भनाई रह्यो । भने बिकासका लागि प्रदेश सरकारले घोराही–तुल्सीपुर, कोहलपुर–नेपालगञ्ज र बुटवल–भैरहवा गरी तीनवटा मेघासिटी आयोजना ल्याएको र काम पनि शुरु भइसकेको समेत उनले बताए ।

त्यस्तै मुक्त कम्लहरी विकास मञ्च दाङकी अध्यक्ष शान्ति चौधरी, प्रदेश न ५ का पर्यटनका सचिवालय सदस्य सुन्दर गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, घोराही उपमहानगरपालिकाका प्रबक्ता भरत अर्याल, नेपाली काङ्ग्रेस दाङका सचिव शंकर डाँगी, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, प्रदेश सभा सदस्य दामाकुमारी शर्मा लगाएतले शुभकामना मन्तव्य दिदै आ–आफ्ना कला र संस्कृतिलाई जोगाएर निरन्तर अगाडी बढाउँनु पर्ने बताएका थिए ।


त्यसैगरी सभाले थारुहरुको समस्याको आवाज उठाउँने, कलम चलाउँने र सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । जसमा डा. गोबिन्द आचार्य , फुलमान चौधरी ,नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रीयासन, के एल पीडित ,दुर्गालाल केसी ,बसुन्धारा गौतम,चन्द्रप्रसाद चौधरी ,छोटीलाल चौधरी ,जगबिर चौधरी ,पद्मा चौधरी ,सुन्दरराम चौधरी ,शम्भुप्रसाद चौधरी ,लिलाराम चौधरी ,भोजराज अधिकारी, बिष्णु चौधरीलाई सभाले सम्मान गरेको हो ।

शिक्षा क्षेत्रमा प्रगति गर्दै एस.इ. इ. मा उत्कृष्ट नतिजा ल्याउने निराजन चौधरी र प्रियांक चौधरीलाई पनि सम्मान पत्रले सम्मान गरेको हो ।पुस २५ गते शुक्रबारदेखि शुरु भएको माघ साँस्कृतिक महोत्सव पुस २८ गतेसम्म चल्ने छ । कार्यक्रमको सहजिकरण सभाका सचिब प्रकाश चौधरीले गरेका हुन् ।

Facebook Comments