त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । परिषद््ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।
उहाँले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताउनुभयो ।
त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् ।
महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।