दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोला निवासी ऋषि परियारले एक माईल हातले हिडेर गिनिज बुकमा लेखाउने योजना अघि बढाएको बताएका छन् । शुक्रबार तुलसीपुर स्थित रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलन गरि उनले यस्तो बताए ।
त्यसकालागि यही माघ ३ गते घोराही उपमहानगरपालिका वडा नं. ९ बुकाली डाँडामा गिनिज बुकको लागि प्रदर्शन गर्ने जानकारी दिए । जहाँ सातवटा क्यामेराले भिडियो खिचेर गिनिज बुकको कार्यालयमा पठाउने तयारी गरेको समेत बताए ।
उनका अनुसार ५० मिनेटमा त्यो समय पार गर्नुपर्छ । आफुले त्यो समयमा हातले हिडेर एक माईल पार गर्न सक्ने भएपनि आर्थिक अबस्था कम्जोर भएकाले समस्या भएको बताएका छन् । आफुले हातले टेकेर एक माईल हिडेपछि गिजिन बुकमा नयाँ रेकर्ड कायम हुने भन्दै दाङ मात्रै नभई देशकै नाम उचाईमा पुग्ने भन्दै सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।‘ म यो कार्य गर्न सक्छु, तर म संग आर्थिक छैन्, त्यसले गर्दा समस्या भएको छ’ उनले भने ‘ सबैको सहयोग पाए मैले गिनिज बुकमा नाम लेखाउन सक्छु ।’
करिब १० रुपैँया आबश्यक पर्ने भएपनि अहिले आफुसंग एक आर्थिक अभाब भएको बताए । ऋषि परियारलाई गिनिज बुकमा नाम लेखाउन निर्माण गठीत समितिका संयोजक तुलसी थापाको अध्यक्ष तथा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्य एवं समितिका सदस्य सचिब सीता वलीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि रेग्मीले रिपोर्टस् क्लबको तर्फबाट ऋषि परियारलाई तीन हजार रुपैँया सहयोग गर्ने घोषणा समेत गरे । साथै रेडियोबाट नियमित ऋषिलाई सहयोग संकलनकालागि जिंगल निर्माण गर्ने समेत बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि वलीले यस पटक जसरी पनि ऋषिको नाम गिनिज बुकमा लेखाउने बताइन् । यस अघि नाम लेखाउन नसकिएको भएपनि अहिले आर्थिक अभाबकै कारण ऋषिले नाम लेखाउने कार्यमा कुनै अबरोध नहुँने गरि काम अघि बढेको बताईन् । अहिले सहयोग संकलन अभियान जारी रहेको भन्दै सहयोग गर्न सबैमा आग्रह पनि गरिन् ।
कार्यक्रममा एनप्याबसन दाङका बरिष्ठ उपाध्यक्ष बिमल गौतमले दाङका ऋषिले गिनिज बुकमा नाम लेखाउनु राम्रो कार्य भएको भन्दै यसलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण पत्रकार दीपक बोहराले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।