• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि काठेकोलमा आइटी विद्यार्थीलाई स्वागत




सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङमा सूचना प्रविधि आइ टी बिषयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

आइ टी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा आज विद्यालयमा एक कार्यक्रम गरी आइ टी पहिलो बर्ष र आइ टी २४ महिने कार्यक्रम अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।


आइ टी तेस्रो बर्षका छात्र भानुभक्त घर्ति मगरको अध्यक्षता एंव विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिवेक श्रेष्ठको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालयको भौतिक प्रगतिसगै शैक्षिक गुणस्तर बृद्धिका लागि ब्यवस्थापन समितिले कार्ययोजना बनाई अघी बढ्ने योजनामा रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथि प्रधानाध्यापक पौडेलले विद्यालयलाई आइ टी हवका रुपमा बिकास गर्ने गरी कार्यक्रमहरु सञ्चालन तथा थप कक्षा चलाउने गरी काम भइरहेको बताउनुभयो ।


छात्रा हरिकला भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कायक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य तिलक रावत, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगी, विद्यार्थीहरु बिशाल चौधरी र बिकास लम्साल लगायतकाले बोल्न भएको थियो । कार्यक्रमको सहजीकरण छात्रा नम्रता के.सी. ले गर्नु भएको थियो । कार्यक्रममा छात्र छात्राहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

Facebook Comments