• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ३ मा नेकपाको निर्देशन संसदीय दलबाट अनुमोदनः नाम बागमति, राजधानी हेटौडा




नेकपाको प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ।

शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको जानकारी सांसद दीपक निरौलाले दिए।

प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यससम्बन्धमा ह्विप जारी गरिने निरौलाले बताए।

‘संसदीय दलको निर्णयअनुसार मतदानमा सहभागी हुने निर्णय गरेको छ,’ उनले भने, ‘यो प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गर्छ।’

असन्तुष्ट सांसदहरुले यस विषयमा नोट अफ डिसेन्ट लेख्ने तर पार्टी निर्णय स्वीकार्ने भएका छन्।

‘साहसपूर्ण असहमतिका बाबजूद पार्टीले निर्णय ग¥यो। यसमा हामीले असहमति दर्ज गर्दैछौँ,’ दोलखाका सांसद विशाल खड्काले नेपालखबरसँग भने, ‘अदूरदर्शी र अवैज्ञानिक निर्णयप्रति असहमति दर्ता गरेर पार्टी निर्णय स्वीकार्छौँ।’

Facebook Comments