• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आइतीमायाँको उपचारको लागि करिब ५० हजार सहयोग




रोल्पामा रुखबाट खसेर गम्भिर घाइते भएका एक परिवारलाई आर्थिक सहयोग गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ डुब्रिङमा बस्ने आइतीमाया कामी रुखबाट खसेर गम्भिर घाइते भएको र उपचारमा अत्याधिक खर्च भएकोले पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।


जीतमायाको घरमा आर्थिक अवस्था निकै न्यून रहेकोले उपचारमा थप सहजताका लागि स्थानीय क्बल र वैदेशिक रोजारमा रहेका युबाहरुबाट संयुक्त रुपमा करिब ५० हजार नगद सहयोग प्राप्त भएको छ ।

जसमा डुब्रिङमा रहेको हातेमालो समाज सुधार युबा क्बलका अध्यक्ष अम्मर बहादुर थापाको नेतृत्वमा क्बलका सदस्यहरुबाट संकलन गरिएको रु १८ हजार र हाल दक्षिण कोरियामा काम गर्दै आएका युबा प्रकाशमान बिकको नेतृत्वमा संकलन गरिएको रु ३० हजार ५१ रुपैयाँ प्राप्त रकमलाई श्री नेपाल राष्ट्रिय माविका शिक्षक लक्षिराम थापाले पीडित परिवार जीतराम बिकलाई सो रकम बराबर चेक हस्तान्त्रण गरेका हन् ।

जीतमाया पुस एक गते बनमा दाउरा बनाउँन गएको बेला रुखबाट खसेर टाउकोमा गम्भिर चोट लागेको र उपचारको लागि लखनउ लगि आईसियुमा भर्ना गरिएको थियो । हाल हस्पिटलबाट डिस्चार्ज भएर घरमा आराम गरिरहेको समेत शिक्षक थापाले बताए ।

Facebook Comments