• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृद्ध समाजको बार्षिकोत्सवमा खुल्ला ब्याड्मिन्टन





समृद्ध समाज नेपाल रुकुमको आफ्नो पाँचौ वार्षिकत्सवको अवसरमा खुल्ला पुरुष ब्याड्मिन्टन खेलकूद आयोजना गरेको छ । बिहीबार रुकुमकोटमा उक्त खेलकूद प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले उद्घाटन गर्नु भएको हो ।


समृद्ध समाज नेपाल संस्थाद्वारा विविध विधाका क्षेत्रबाट समाजप्रति उत्तरदायि रही काम गर्दै आएकोमा अहिले वार्षिकत्सवको अवसरका सानो खुल्ला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेर मनाइएको संस्थाका अध्यक्ष सुबोधराज शेर्पालीले बताउनुभयो ।

उहाँका अनुसार, रुकुम पूर्व, पश्चिम र रोल्पाका खेलाडी गरी २० टिमले प्रतिस्पर्धा गरिरहेका छन् उहाँले भन्नुभयो–‘प्रतियोगिताका विजेताले १२ हजार, उपविजेताले ८ हजार र तेस्रो हुने जोडीले ६ हजार रुपैयाँ सहित मेडल प्रमाण–पत्र पाउने छन् ।’


प्रतियोगिता बढीमा २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Facebook Comments