दाङमा पहिलोपटक चलचित्र महोत्सव शुरु भएको छ ।
पहल नेपालको मुख्य आयोजनामा बुद्ध–सरयू चलचित्र महोत्सव शुरु भएको हो ।
महोत्सवअन्तर्गत बुधवार ‘मौलिक चलचित्र र चलचित्र नीति’बारे अन्तक्र्रिया हुनेछ ।
विहान साढे १० बजे होटल सिटी प्लाजामा शुरु हुने अन्तक्र्रियामा डा. अमर गिरी, नवीन सुब्बा र अनुप सवेदीले भाग लिनुहुनेछ ।
िदउँसो सोही होटलमै ऐतिहासिक चलचित्र भीमदत्त प्रदर्शन गर्ने कार्यक्रम छ ।
त्यस्तै बिहीवार विहान ८ बजे दाङको बहुआयामिक परिचय संस्कृतिविदु डा. गोविन्द आचार्यबाट प्रस्तुत हुने, साढे १० बजे एतिहासिक चलचित्र नुमाफुङ प्रदर्शन हुने र दिउँसो समापन गरिने महोत्सव आयोजक संस्था पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।