• २५ भाद्र २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरको नगरसभाः दर्जन कार्यबिधि पारित, ४६ योजना संशोधन




घोराही उपमहानगरपालिकाको छैठौँ नगर सभाले एक दर्जन कार्यबिधी पास गर्र्दै ४६ वटा योजना तथा कार्यक्रमको संशोधन गरेको छ ।

नगरसभामा पेश भएका आपतकालिन कार्य सञ्चालन कार्यबिधी, करारमा प्राविधिक र अन्य कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यबिधी, नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यबिधी, शिक्षक दरबन्दी मिलान तथा विद्यालय नक्सांकन सम्बन्धी कार्यबिधी पास भएको छ । त्यसैगरी, अस्थायी सेवा अबधी गणना कार्यबिधी, नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यबिधी, तलाउ सञ्चालन तथा व्यवस्थापन कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती र नविकरण सम्बन्धी कार्यबिधी पास भएको छ ।

यसैगरी, निजी जग्गाको ढुंगा, गिट्टी, बालुवा, माटो उत्खनन् संकलन तथा ढुवानी व्यवस्थित गर्ने कार्यविधी, व्यवसायीक तरकारी उत्पादन कार्यबिधी, कृषि यान्त्रिकरण अनुदान सञ्चालन कार्यबिधी र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यबिधी लाई पनि सभाले अनुमोदन गरेको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

नगरसभाले नगरका ४६ र वडाका २० वटा योजना तथा कार्यक्रमलाई संशोधन समेत गरेको छ । सभाले घोराही १३ बराह क्षेत्र माविको जग्गा व्यक्ति र व्यक्तिको जग्गा विद्यालयमा परेका कारण जग्गा साटफेर सम्बन्धि विषयलाई पनि अनुमोदन गरेको छ ।

६ महिनाको अबधीमा नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि सभाले अनुमोदन गरेको छ । सभाले घोराही उपमहानगरपालिका वडा नम्बर ८ ढिकपुरको केही क्षेत्रलाई वडा नम्बर ९ मा गाभ्ने स्थानिय र वडा कार्यालयहरुको सहमती सहितको पत्र अनुसार सिमाना हेरफेर सम्बन्धी प्रस्ताबलाई समेत पारित गरेको छ ।

Facebook Comments