• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा चलचित्र महोत्सवको भव्य उद्घाटन





प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले मुलुकको समृद्धिका लागि कलाकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलबारदेखि दाङको घोराहीमा सुरु भएको प्रदेशस्तरिय बुद्ध सरयू चलचित्र महोत्सवको उद्घाटन गर्दै सभामुख घर्तीले भन्नुभयो, ‘परिवर्तनका लागि कलाकर्मीहरुले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । कला क्षेत्रको संरक्षणका लागि राज्यले भूमिका खेल्नुपर्छ ।’

परिवर्तित अवस्थामा चलचित्र विकास बोर्डको नीति बदल्नुपर्ने भन्दै सभामुख घर्तीले पुराना मान्यतालाई भत्काउँदै नयाँ शिराबाट नेपाली चलचित्र अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘परिवर्तित अवस्थामा चलचित्र विकास बोर्डलाई पनि नयाँ शिराबाट अगाडि बढाउनुपर्दछ । पञ्चयाती शासन व्यवस्थाको समयमा बनेका नीति नियमबाट चलचित्र विकास बोर्डलाई सञ्चालन गर्नुहुँदैछ’, सभामुख घर्तीले भन्नुभयो, ‘चलचित्र विकास बोर्डको नीति नियम बदल्नतर्फ लाग्नुपर्दछ ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का संघीय मामिला तथा कानुन समितिका सभापति दामा शर्माले कानुन बनाएर यहाँको कला संस्कृतिको संरक्षणका प्रदेश सरकार लागिपरेको बताउनुभयो । पर्यटनको विकासबाट प्रदेश ५ लाई समृद्ध बनाउने आफूहरुको योजना रहेको भन्दै सभापति शर्माले यहाँको पर्यटनको विकासमा लागिपर्न चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले चलचित्र विकास वोर्डको विधान नबदल्दासम्म नेपाली चलचित्रको विकास हुन नसक्ने बताउनुभयो । आधा शताब्दी बिताएको नेपाली चलचित्र उद्योगले चलचित्र जागरणमा सफलता प्राप्त गर्न नसक्नु दुखद् पक्ष्य रहेको भन्दै पूर्व अध्यक्ष डा. गिरीले नेपाली चलचित्रको विकासको बाधक कर्मचारी प्रशासन रहेको बताउनुभयो ।

विदेशी चलचित्रबाट आएको राजश्वले चलचित्र विकास बोर्ड चलेको भन्दै पूर्व अध्यक्ष डा. गिरीले चलचित्र विकास वोर्ड सञ्चालनका लागि सरकारले लगानी लगायनुपर्ने बताउनुभयो ।

नायक नवल खड्काले देशको मेरुदण्ड चलचित्र क्षेत्र कमजोर बन्दा देश नै कमजोर हुने हुँदा यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । मुलुकको परिवर्तनमा भूमिका खेलेका चलचित्र कर्मी मर्दा कात्रो किन्ने पैँसा नहुनु दुःखद् भएको भन्दै नायक खड्काले स्वदेशी चलचित्रलाई कमजोर बनाउँदै विदेशी चलचित्रको प्रोत्साहन गर्नतर्फ राज्य लाग्नुलाई आफूहरुले गम्भीर रुपमा लिएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने चलचित्र महोत्सवमा प्रदेश ५ को चलचित्रको इतिहास, सम्भावना र चुनौतिको विषयमा गम्भीर छलफल हुने आयोजक संस्था पहल सञ्चार अभियानका संयोजक केएल पीडितले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ५ को कला साहित्यको विकासका लागि भएका प्रयासको बारेमा पनि छलफल हुने पीडितले बताउनुभयो ।

Facebook Comments