• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनमा पत्रकारले गरे विद्यार्थीलाई सहयोग




पत्रकार दीपक जिएमले विद्यार्थीहरुलाई सहयोग गरे आफ्नो जन्मदिन मनाउनु भएको छ ।

जन्मदिनको अबसरमा गणतन्त्र दैनिक तथा राजमार्ग अनलाइनका सम्पादक पत्रकार जिएमले घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको मावि झिङ्नी बन्जाडी र घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको प्रावि बालमन्दिरका विद्यार्थीहरुलाई सहयोग गर्नुभएको हो ।

मावि झिङ्नी बन्जाडीमा पुगेर पत्रकार जिएमले छात्राहरुको लागि सेनेटरी प्याड र विपन्न विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गर्नुभएको हो । सरकारले चालु आर्थिक वर्षदेखि प्रत्येक सामुदायीक विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरेपनि लागु हुन सकेको छैन ।

विद्यालयमा अध्ययन गर्न आएका किशोरीहरुले महिनावारी हुँदा कक्षा छोडेर घर फर्किनुपर्ने बाध्यता नहोस् र शिक्षा आर्जनमा समस्या नहोस् भन्ने उदेश्यले सेनेटरी प्याड वितरण गरेको पत्रकार दिपक जिएमले बताउनुभयो । विद्यालयले आर्थिक अभावका कारण सेनेटरी प्याडको व्यवस्था गर्न नसक्ने, विभिन्न कपडाहरुको प्रयोगले किशोरीको स्वास्थ्यमा समस्या देखिन गएको भन्दै पत्रकार जिएमले आफ्नो जन्मदिनमा सेनेटरी प्याडको व्यवस्था गरेको जानकारी दिनुभयो ।

यस्तै विद्यालयमा अध्ययन गर्ने विपन्न बालबालिकाहरुको शिक्षा आर्जनमा सहयोग गर्ने उदेश्यले शैक्षिक सामग्रीहरु वितरण गरेको बताउनुभयो । पत्रकार जिएमले १० दर्जन कापी, कमल र सिसाकलम विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद पोख्रेल, शिक्षक कृष्णप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सेनेटरी प्याडको व्यवस्था भएपछि आफहूहरुलाई कक्षा छोडेर घर जानुपर्ने बाध्यताको अन्त्य भएको किशोरीहरुले बताएका छन् । यस्तै घोराही उपमहानगरपालिका १४ मा रहेको प्रावि बालमन्दिरमा अध्ययन गर्ने सुस्तमनस्थिती भएका विद्यार्थीहरुलाई २० थान डसना र फलफूल वितरण गर्नुभएको छ ।

विद्यालयमा अहिले २८ जना सुस्तमनस्थिती भएका बालबालिकाहरु अध्ययन गर्दै आएका छन् । त्यसमध्य २० जना बालबालिकाहरु आवासीय हुन् । उनीहरुलाई जाडोको समयमा डसनाको कमी भएको थियो । २० थान डसना विद्यालयका शिक्षिका मञ्जु घिमिरे र विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो । जन्मदिनमा अनावस्यक रुपमा हुने खर्चलाई रोक्दै साना साना बालबालिकाको शिक्षामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको पत्रकार जिएमले बताउनुभयो ।

Facebook Comments