• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चार दिनपछि रुकुमकोटका धारामा पानी





रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा बिहिबारदेखि आउन छोडे्को खानेपानी चार दिन पछि आउन थालेको छ ।


सिस्ने गाउँपालिका वडा नम्बर ५ को गोरीपानी भिरमा रुकुमकोट चुनबाङ जोडने सडक खण्डको काम भइरहेकोले सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गा लागेर पाईपमा क्षती हुदाँ विगत चार दिनदेखि खानेपानी बन्द भएको थियो ।


बन्द भएको खानेपानीलाई मर्मत गरी पुनः आइतवार साझबाट सुचारु गरिएको रुकुमकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरीजङ शाहले जानकारी दिनुभयो ।


रुकुमकोटका धारामा पानी झर्न बन्द भए पछि बिहिबारबाट नै खानेपानी सुचारु गर्नको लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, खानेपानीका कर्मचारी र सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानियको सक्रियतामा खानेपानीको पाइप मर्मत सम्भार गरी खानेपानी सुचारु गरिएको उहाँले बताउनुभयो ।

बिहिबार देखि नै खानेपानि सुचारु गर्ने गरी मर्मतको काम अगाडी बढाए पनि पाइपमा धेरै क्षति पुगेको तथा भुगोल जोखिम पुर्ण भएकाले केहि दिन ढिला हुन पुगेको सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शान्तेबहादुर वि.क ले बताउनुभयो ।

रुकुमकोट उपत्यका भरी बिहिबारबाट धारामा पानी आउन छाडेपछी शिक्षक, विद्यार्थी, तथा अन्य नागरिकलाई खानेपानीको समस्या निकै बढेको थियो । खानेपानीको अभाव हुदा सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा बसोवास गर्ने नागरिकहरुले पिउनको लागि लुस्पाधारा, सिस्ने पधेरा, रुलिखोला, कुदम्मा लगायतका पानीका मुहानबाट पानि बोकेर पिउन तथा लुगा धुन नुहाउनको लागि यि मुहानहरु लगायत कमलदहको पानी प्रयोग गर्न बाध्य भएका थिए ।


सवैको सक्रियतामा चार दिन पछि पानी सुचारु भए संगै रुकुमकोट बासिहरु हर्षित भएका छन ।
यसैविच जिल्ला सदरमुकाम र गाउँपालिकाको केन्द्र समेत रहेको रुकुमकोटमा मानिसको जनघनत्व बढ्दै जादा खानेपानीको समस्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।


सिस्ने गाउँपालिका वडा नम्बर ५ को घङ्गारचौरबाट २०४५ सालमा ल्याइएको खानेपानी आयोजना जीर्ण बन्दा र वडा नम्बर ५ कै थाग्नाबाट ६६ सालमा ल्याइएको पानि व्यवस्थित ढंगले वितरण गर्न नसक्दा रुकुमकोट उपत्यकामा खानेपानीको समस्या थप बढ्दै गएको स्थानियले बताएका छन ।


रुकुमकोट उपत्यकामा भएको खानेपानी समस्यालाई समाधान गर्नको लागि लुस्पाधाराको पानी लिफ्टिङ गर्ने योजनाको काम भइरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।

Facebook Comments