• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नवलपुर क्षेत्रको विकासका लागि छलफलः दिगो र भरपर्दो संरचना निर्माणमा जोड





घोराही १८ नवलपुर क्षेत्रको विकासका लागि छलफल भएको छ ।


स्थानीय अगुवहरु घोराही उपमहानगरपालिकामा गएर उपमहानगरका प्रमुख तथा घोराही नगर विकास समितिका अध्यक्ष नरुलाल चौधरीसँग छलफल गरेका हुन् ।


घोराही नगर विकास समिति अन्तर्गत एकीकृत अम्बापुर जग्गा विकास आयोजाभित्र पर्ने नवलपुर क्षेत्रमा योजनाअनुसार विकास हुन नसकेको र भइरहेका विकास संरचनालाई दीर्घकालीन सोंचका साथ बनाउन स्थानीय अगुवहरुले ध्यानाकर्षण गराएका हुन् ।


उनीहरुले पछिल्लो समयमा तल्लो र माथिल्लो दुबै नवलपुरमा नाला खन्ने कार्य शुरु भएकोमा खुशी व्यक्त गर्दै त्यस क्रममा बाटो बिग्रेकाले तत्काल ग्राभेलको ब्यवस्था गर्न ध्यानाकर्षण गराए ।

त्यस्तै उत्तरतर्फको सडक १२ मिटर भए पनि नाला नौ मिटरलाई आधार मानेर खनिएकाले तत्काल मापदण्डमा लैजानुपर्ने, माथिल्लो र तल्लो दुबै नवलपुरमा नाला खन्दा विद्युतका पोल बीचमा परेकाले सार्नुपर्ने र स्तरीय कामका लागि अनुगमन गर्नुपर्ने धारणा उनीहरुले राखे ।


त्यस्तै केही वस्तीमा विद्युतीकरण हुन नसकेको, केही ठाउँमा सडकको ट्रयाक ओपन हुन नसकेको, खानेपानीको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको, पुरानो विद्युतीकरणलाई बिस्थापित गरी केही ठाउँमा नयाँ गर्नुपर्ने आवश्यकता रहेको र कटुवाखोलामा पुल नहुँदा बर्षातमा स्कूले विद्यार्थी निकै मारमा पर्ने भएकाले कम लगानीकै भए पनि पुल निर्माण गर्नुपर्ने स्थानीयले माग गरे ।


वडा अध्यक्ष भरत अर्यालसमेतको उपस्थितिमा भएको कार्यक्रममा स्थानीयको तर्फबाट नारायण अधिकार र नारदमणि पोख्रेलले एजेण्डा प्रस्तुत गर्नुभएको थियो । छलफलमा उपभोक्ता समितिका उपाध्यक्ष बिष्णु पुनलगायत विभिन्न टोलका अध्यक्ष, प्रतिनिधि र अन्य अगुवाको सहभागिता रहेको थियो ।


नगर प्रमुख तथा नगर विकास समितिका अध्यक्ष चौधरीले नगर विकास समिति उपभोक्ता समितिकै सिफारिसअनुसार अघि बढ्ने भएकाले त्यहाँको विकासका लागि उपभोक्ता समितिलाई सक्रिय बनाउन सुझाव दिनुभयो ।

उपभोक्ता समितिको सुझाव र सिफारिसअनुसार स्रोत साधनले भ्याएसम्म आफूहरु विकासका काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

Facebook Comments