• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सीमा अतिक्रमणविरुद्ध जाग्दै राजमो




राष्ट्रिय जनमोर्चाले सीमा अतिक्रमणविरुद्ध जिल्ला जिल्लामा छलफल र अन्तक्र्रिया चलाएर जनचेतना अभिवृद्धि गर्न थालेको छ । यस क्रममा राजमोले आज दाङको घोराहीमा पनि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा भएको ‘सीमा अतिक्रमण र राष्ट्रियता’ विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले राजमोको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य कमला जीसी, नेपाली कांग्रेसका जिल्ला उपसभापति कमान सिंह भारती, नेकपाका विवेक श्रेष्ठ र नेकपा क्रान्तिकारी माओवादीका समीर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त समुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भूपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, अखिल नेपाल कानुन ब्यबसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राख्नुभएको थियोे ।

जिल्ला कोषाध्यक्ष श्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।

Facebook Comments