• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अवरुद्ध सेवा शुरु गर्दै प्रतिष्ठान, बाल रोगको उपचार शुरु





राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा वालवालिकाको उपचार सेवा सुरु भएको छ । पछिल्लोपटक विशेषज्ञ चिकित्सक र मेडिकल अफीसरहरु थपिएसंगै सेवा प्रभावकारी हुन थालेको हो । प्रतिष्ठानमा वालवालिकाको उपचार सेवा सुरु भएसंगै सहजता थपिएको छ ।

प्रतिष्ठानमा वाल रोग सम्वन्धि विरामिहरुलाई उपचार सेवा डा. नेत्रप्रशाद वन्जाडेले दिइरहनु भएको छ । वन्जाडेले तुलसिपुरको तुलसि अस्पताल र काठमान्डौको मेडिसिटि अस्पतालमा पाँच वर्ष भन्दा बढि वालवालिकालाई उपचार सेवा दिदै आउनु भएको थियो । वालवालिका वारेमा लामो समय काम गरेकाले वन्जाडे वालवालीकाका लागि अनुभवि हुन् ।


कन्सल्टेन्ट फीजिसियन र वाल रोग विशेषज्ञ सेवा अझै अरु थप्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिएको छ । प्रतिष्ठान प्रशासनका शाखा अधिकृत झंकार लामिछानेले मेडिकल अफीसर ५ जना थपिएको र मेडिकल अफीसरको सख्या १० पुगेको बताए । प्रतिष्ठानमा विरामीको संख्ख्या बढिरहेको छ । प्रतिष्ठानले सरकारी सेवा बन्द गरेपछि विरामीको सख्या घटेको थियो, अब फेरि विरामी बढ्न थालेका हुन् ।


यसैसातादेखि मानसिक रोग विशेषज्ञ डा सुनैना यादव प्रतिष्ठानमा आएपछि प्रतिष्ठानमा मानसीक रोगका विरामीहरु बढेका छन् । केहि विरामीहरुलाइ भर्ना समेत गरिएको प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments