• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्र महोत्सवको भव्य तयारी, सभामुखबाट उद्घाटन गरिने




दाङमा पहिलो पटक हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को उद्घाटन प्रदेश ५ का सभामुख पूर्ण घर्ती मगरले गर्नुहुने भएको छ । पुस २२ गते विहान ११ बजे भिंग्रेली भिलेजमा कार्यक्रम उद्घाटन हुने छ ।


उद्घाटनका अवसरका बिभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने छ । महोत्सवको मुख्य आयोजकमा पहल नेपाल रहेको छ भने सह–आयोजकमा नेपाल फिल्म एवं सांस्कृतिक एकेडेमी काठमाडौं, नेपाल इन्डिपेण्डेट फिल्म मेकर्स सोसाइटी, काठमाडौं र उदाहरण समूह, नेपाल रहेका छन् ।

नेपाली चलचित्रको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार, निर्देशक तथा निर्माता र विभिन्न संघसंस्थामा रहेर चलचित्रको लागि काम गरेका व्यक्तिहरु महोत्सवमा सहभागी हुने पहल नेपालका अध्यक्ष केएल पीडितले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा महत्वपूर्ण चलचित्रहरुको प्रदर्शन, अन्तक्र्रिया, फोटो प्रदर्शनी तथा प्रतियोगिता एवं भ्रमण÷अवलोकनका कार्यक्रम राखिएको छ । महोत्सवमा उद्घाटन, सम्मान, सांस्कृतिक प्रस्तुति, थारु समुदायको बड्का नाच, वृत्तचित्रको प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो ।


महोत्सवमा चलचित्र नीति र नेपाली चलचित्रको अवस्थाको बारेमा अन्तक्र्रिया हुनेछ भने दाङको बहुआयामिक परिचयका लागि संस्कृतविद् डा. गोविन्द आचार्यको प्रस्तुति रहने छ । महोत्सव अवधिमा बड्का नाच, दशगजा, कथा ०७२, मैना, नुफामुङ, जन्मभूमि चलचित्रहरुको विशेष प्रदर्शनी हुनेछ । साथै नेपाल पत्रकार महासंघको संयोजनमा फोटो प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गरिएको छ ।


महोत्सवमा नेपाल चलचित्र बोर्डका कार्यवाहक अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, अभिनेताहरु अर्जुन श्रेष्ठ, नवल खड्का, चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक, विमल पौडेल, निर्देशक नवीन सुब्बा, प्रितम गुरुङ, आकाश पौडेल, लेखक, निर्देशक तथा प्रशिक्षक अनुप सुवेदी, निर्माता रोहित अधिकारी, चलचित्र निर्माता संघका महासचिव रोज राणा, अभिनेता विनोद श्रेष्ठ, ओम प्रतीक, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, संगीतकार विकास चौधरी, लेखक तथा विश्लेषक यादव देवकोटा आउने अध्यक्ष पीडितले जानकारी दिनुभयो । महोत्सवको प्रवद्र्धकमा चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघ दाङ शाखा रहेका छन् ।

Facebook Comments