• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्र महोत्सव सफल पार्न छलफल





पुस २२, २३ र २४ गते घोराहीमा हुने बुद्ध–सरयू चलचित्र महोत्सवलाई दाङकै उत्सवको रुपमा सफल पार्नुपर्ने विभिन्न क्षेत्रका अगुवाहरुले बताएका छन् । महोत्सव आयोजक पहल नेपालको आयोजमा शनिवार विभिन्न क्षेत्रका अगुवासँग भएको भेटमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।


सहभागीहरुले पर्यटन प्रबर्धन र संस्कृति संरक्षणसँग जोडेर महोत्सव सफल पार्नुपर्ने बताए । साथै उनीहरुले दाङलाई चलचित्र सुटिङको जिल्लाका रुपमा विकास गर्न पनि महोत्सव केन्द्रित गर्न सुझाव दिए ।


महोत्सव आयोजक मूल समिति संयोजक केएल पीडितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य दामा शर्माले महोत्सवलाई सबैले साझा कार्यक्रमको रुपमा सफल पार्नुपर्ने बताउनुभयो ।


अर्का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले महोत्सवले दंगाली समाजलाई सही दिशाबोध गर्नसक्नुपर्ने बताउनुभयो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष डा. अमर गिरीले सांस्कृतिक र पर्यटन प्रबर्धनलाई सहयोग पुग्ने गरी महोत्सव अघि बढाउन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुशील गौतमले महोत्सवले दाङको चिनारी दिनसक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द आचार्य, पर्यटनविज्ञ सुन्दर गौतम, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, दाङ चेम्वरका अध्यक्ष श्रीधर महरा, उद्योग बाणिज्य संघका रामप्रसाद पोख्रेल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, गेहेन्द्र बस्नेत, कृतिमान पुन, दिलकुमारी बुढालगायतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन नवीन अभिलाषीले गर्नुभएको थियो ।

Facebook Comments