• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेस क्षेत्रीय सदस्यसहित १३९ जना नेकपामा प्रवेश




दाङको घोराही उपमहानगरपालिका २ रामपुरमा झण्डै डेढ सय व्यक्तिहरु बिभिन्न पार्टी छोडेर नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् ।

नेपाली कांग्रेसका क्षेत्रिय सदस्य र स्थानिय तह निर्वाचनमा सदस्यका उमेद्वार सहित एक सय ३९ जना व्यक्तिहरु नेकपामा प्रबेश गरेका हुन् । नेकपा घोराही २ को वडा कमिटिले रामपुरमा आयोजना गरेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य शंकर पोख्रेल, केन्द्रिय सदस्य द्धय सुजित साक्य र नरुलाल चौधरीले पार्टी प्रबेश गराउनुभएको हो ।

नेपाली कांग्रेसका १ सय २५, विप्लव समुहका १५ र अन्य स्वतन्त्र गरि १ सय ३९ जना व्यक्तिहरुलाई टिका र माला लगाएर पार्टी प्रबेश गराउनुभएको हो । पार्टी प्रबेश गर्नेहरुमा नेपाली कांग्रेस क्षेत्रिय सदस्य शिबलाल विक, स्थानिय तह निर्वाचनका वडा सदस्य उमेद्वार सुनिता सुनार, कांग्रेस इकाई सदस्य मुक्ति थापा सहित कांग्रेस छोड्ने १ सय २५जना रहेका छन् ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज शंकर पोख्रेलले पार्टी प्रबेश गर्नेहरुलाई असल पार्टी रोजेको बताउनुभयो । जनताले नेकपालाई दिएको मतलाई कुनै पनि हालतमा खेर जान नदिने भन्दै अब मिलेर समाज बनाउने बताउनुभयो ।

त्यस्तै केन्द्रीय सदस्य नरुलाल चौधरीले नेकपाको सरकारले लिएको नीति र कार्यक्रम जनपक्षिय भएकै कारण अहिले बिपक्षिहरु अताल्लीएको बताउनुभयो ।

नेकपा २ नम्बर वडा अध्यक्ष विपतराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नगर कमिटी सदस्य केशबराज आचार्य र वडा सचिब लेखा अधिकारीले गर्नुभएको थियो ।।

Facebook Comments