• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तपाइले कतै जलचर चरा भेटनुभयो त ? फोन गरिदिनुस् है





जलचर जराको गणना देशभरि शुरु भएको छ ।


पंक्ष संरक्षण संघ (बिसिएन)को आव्हानमा चरा गणना शुरु भएको हो । दाङमा बिसिएनको आव्हान र पर्याबरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको अगुवाइमा चरा गणना शुरु भएको छ ।


यसैक्रममा शनिवार केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिका १ को चेपे ताल र चरिंगे दहमा चरा गणना गरेको छ ।

जसअनुसार आगन्तुक चरा संरक्षित कालो गरुड ७ वटा, सेतो बस्तु बकुला १२ र हुट्टिट्याउ रैथाने १० वटा फेला परेका थिए । चरा गणनाकै क्रममा चरा मार्ने तीन वटा गुलेली खोसेर सम्झाइएको रावतले जानकारी दिनुभयो।


उहाँले पन्ध्र दिनसम्म चरा गणना चल्ने भएकाले चलचर चरा भेटिएमा तस्विरसहित सामाजिक सञ्जालमा राख्न वा ९८४७८२३३५० मा जानकारी गराइदिन सबैमा अनुरोध गर्नुभएको छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको वितरण र अवस्था पत्ता लगाउन, संख्याको अध्यावधी गर्न, संरक्षणमा स्थानिय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जल पन्छीहरुको अनुगमन र गणना गर्ने गरीन्छ ।

प्रत्येक वर्ष अंगे्रजी महिना जनवरीमा गरीने उक्त गणना कार्यक्रममा स्वयमसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ सस्थाको सहभागिता हुने गर्दछ ।


यस वर्ष पनि जनवरी ४ देखी १९ अथवा पौष १९ देखी माघ ५ सम्म नेपालका विभिन्न ताल तलैया र नदिका भागहरुमा जल पन्छीहरुको गणना गरीदै छ ।

Facebook Comments