म कामी हुँ, यसैमा गर्व छ मलाइ
म ज्यामी हुँ यसैमा गर्व छ मलाइ
उठ्छु र खुडा मूर्ति तरवार बन्छ्न्
जुटछु र मन्दिर घरबार दरबार बन्छ्न्
धोती टोपी जुत्ता जम्मै सिलाएँ मैले
सङ्गीत सरगम अस्त्र जम्मै बनाएँ मैले
म दमाई हुँ, यसैमा गर्व छ मलाइ
म बादी हुँँ, यसैमा गर्व छ मलाइ
म सार्की हँु यसैमा गर्व छ मलाइ
अभावमा दाना जोड्न के के बनाइन मैले
दबाबमा मुक्ति खोज्न के के उठाइन मैले
कारखाना चल्छ सीपको झुल्छ फाँट बाली
खोज्नु कहाँ भेटिदैन म छैन कतै खाली
म कर्मी हुँ, यसैमा गर्व छ मलाइ
म श्रमी हुँ, यसैमा गर्व छ मलाइ
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।