• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमपातको चिसोबाट बचाउन न्यानो कपडा वितरण





रुकुम (पूर्व) को भुमे गाउँपालिका वडा नम्बर १ लुकुमका एक गरिब परीवारलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँका केहि समाजसेवि युवाहरु मिलेर लुकुमका ६५ वर्षिया लीला बहादुर पुनको परिवारलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।


रुकुम (पूर्व) मा हिमपात भएसँगै बढेको चिसोले सताएपछि टोलीले पुनको घरमै पुगेर परिवारका ५ जना सदस्यलाई न्यानो जाकेट र ओढ्नलाई सिरक उपलब्ध गराएको समाजसेवि तिलक रोकाले बताउनुभयो ।

भुमे ३ क्याङ्सी घर भएका रोका स्वास्थ्यचौकी काँक्रिका अहेव समेत हुनुहुन्छ । पुनको परिवारलाई सोहि ठाउँमा घर भई अमेरीकामा बस्दै आउनुभएका किस्मत पुनले १० हजार पठाइदिएको र केहि सहयोगी मनहरुबाट ५ हजार संकलन गरेर १५ हजार बराबरका सामान वितरण गरेको अहेब रोकाले बताउनुभयो ।


रोकाले वडा नम्बर २ का वडा सदस्य नारायन पुन सहितको टोली लिएर पुनको घरमा सहयोगको लागि पुग्नुभएको थियो । आगामी दिनमा गरिबहरुको सहयोगको लागि कोष खडा गरेर आफ्नो तलबको केहि रकम जम्मा गर्ने निर्णय समेत गरिएको टोलीकै सिस्ने गाउँपालिका वडा नम्बर ३ का अजय मगरले जानकारी दिनुभयो ।

Facebook Comments