• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उखु किसानसँगको सहमति लागु गर्न खबरदारी गर्दै विद्यार्थी सडकमा





उखु किसानसँग भएको सम्झौता कार्यान्वायनका लागि दबाब दिन घोराहीका बिद्यार्थीले उखुको बोट र प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।


मदनभन्डारि मेमोरियल कलेजमा कृषि संकायमा अध्यनरत विद्यार्थीहरुको अगुवाईमा शिराहा, सप्तरी, सुन्सरी लगायतका ठाउका किसानले अनुदान नपाएको , कृषकलाई मूल्य बैज्ञानिकदर कायम गर्ने , दलाल, माफियाको भन्डारफोर गर्ने , किसानलाई तिर्न बाकी बक्यौता रकम तिर्न भएको पाँच बुदे सहमती अबिलम्ब कार्यान्वयन गर्नु पर्ने भन्दै विद्यार्थी सडकमा उत्रिएका हुन् ।


घोराहीको तुलसीपुर चोकबाट नारा लगाउदै न्यू रोड, दामोदर चोक, नेपाल बैंक हुँदै सहिद उमेश मार्गमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै अभियान्ता एवं कृषि विषय अध्यनरत विद्यार्थी शिशिर दाहालले हामी कृषिमा भबिस्य देखेर अध्यनरत गर्देछौ तर यहि अवस्था रहे हजारौं युवा कृषि विद्यार्थीको समेत भबिस्य अन्योल रहने धारणा राख्नु भयो ।


प्राज्ञिक विद्यार्थी परिषद नेपालका सचिव कबिराज न्यौपाने, समीर वलिले जनता र किसानको पक्षमा सधैं आफुह? हुने भन्दै एक्यवद्धता समेत जनाउनु भएको थिायो ।

कार्यक्रम संयोजक वसन्त रिजालले सरकारले ती सोझा किसाननलाई गरेको छ बुदे सम्झौता समेत कार्यान्वयन हुने नहुनेमा सन्का रहेको धारणा राख्दै अझै ढुक्क भएर बस्न नहुने भन्दै माफिया, गुंडागर्दीको भातमा नेता र सरकार नबिक्न समेत आग्रह गर्नु भयो । कार्यक्रमको सहजीकरण नवीन श्रेष्ठले गर्नु भएको थियो ।

Facebook Comments