• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, दाङका शर्मासहित १६ उम्मेदवार छानिए





नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर ५ बाट दाङका जगप्रसाद शर्मा ‘अपार’सहित १६ जना उम्मेदवारको टुंगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको छ । नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सचिव रहनुभएका शर्मा अपांगताको तर्फबाट उम्मेदवार हुनुभएको हो । उहाँ जनयुद्धका घाइते अपांग हुनुहुन्छ । उहाँले जनयुद्धको क्रममा आँखा गुमाउनुभएको छ ।

२०५५ सालमा जनयुद्धको बेलामा घाइते हुनुभएको शर्माको एउटा आँखा पूर्णरुपमा गुमेको छ भने अर्को आँखाले २५ प्रतिशत काम गर्छ ।


त्यस्तै नेकपाले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, कर्णाली प्रदेश सचिव मायाप्रसाद आचार्यसहितका उम्मेदवार छानेको छ ।

त्यस्तै दाङ जन्मघर भएकै गंगा बेलबासे प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा उम्मेदवार बन्नुभएको छ । घोराही १७ बर्गदी उहाँको माइती घर हो ।

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल, प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल रहनुभएको छ ।

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार बन्नुभएको छ भने प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्गताबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर तथा महिलाबाट शारदा भट्ट उम्मेदवार बन्नुभएको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ ।

Facebook Comments