• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेको दशौं सभाबाट दुइ बिधेयक पारित




रुकुम पुर्व सिस्ने गाउँपालिकाको १० औ गाउँसभा बैठक सम्पन्न भएको छ । गाउँसभा गाउँपालिकाको केन्द्र रुकुमकोटमा आज सम्पन्न भएको हो ।


आज सम्पन्न भएको १० औ गाउँसभाको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु पारित गरेको छ । गाउँसभाले सिस्ने गाउँपालिकाको जलाधार संरक्षण तथा जल उपयोग सम्बन्धि विधेयक २०७६ पारित गरेको गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर दुईका वडा अध्यक्ष जिवन के. सी ले जानकारी दिनुभयो ।

यसैगरी सभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि विधेयक २०७६ पनि पारित गरेको छ । यस अघि यि दुई विधेक गाउँकार्यपालिकाको ४२ बैठकबाट पारित भई गाउँसभामा पेश भएका थिए ।


यसैगरी सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको त्रिभूवन जनता माध्यामिक विद्यालयको पुरानो जग्गा सट्टापट्टा गर्ने निर्णयको सिफारिस केन्द्र सरकार समक्ष पठाउने निर्णय पनि गाउँसभाबाट पारित भएको प्रवक्ता के.सी ले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बारालको अध्यक्षतामा सम्पन्न भएको १० औ गाउँसभा बैठकमा उपाध्यक्ष गोबरर्धन बुढा, प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठ लगायत आठ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments