• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती शिक्षामा नयाँ विद्यार्थीलाई पुरानाले गरे स्वागत





राप्ती शिक्षा क्याम्पस घोराहीमा बीएड प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरिएको छ ।


बीएड दोस्रो बर्षका विद्यार्थीहरुले पहिलो बर्षका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख हुकुम बुढाथोकीले आफूलाई ठूलो होइन असल नागरिक बन्ने सपनासहित अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

आजको समाज बहुआयामिक बन्दै गएकाले शिक्षा पद्धति पनि सोहीअनुरुप हुनुपर्ने र शिक्षक विद्यार्थी दुबैले आफूलाई पनि परिमार्जन गर्दैै लैजानुपर्ने उहाँले बताउनुभयो ।


विएड दोस्रो बर्षका विद्यार्थी विनोद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बीएड प्रथम बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत अविर र खादा लगाएर स्वागत गरिएको थियो ।

बीएड प्रथम बर्षमा यो बर्ष दुइ सय बढी विद्यार्थी भर्ना भएका छन् । बीएड र एमएडमा गरी ६ सय बढी विद्यार्थी रहेका छन् भने क्याम्पसकै अर्को संस्था ज्ञान सिन्धु माविमा नर्सरीदेखि कक्षा १२ सम एक हजार बढी विद्यार्थी रहेका छन् ।


खलजीत बुढा मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन पदमराज मल्लले गर्नुभएको थियो । सो क्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।

Facebook Comments