• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थबाङमा नेपालकै ठूलोसौर्य मिनी ग्रीड ग्रेडः यो बर्षमै चार सय घरमा झिलिमिली






रोल्पाको थबाङमा नेपालकै ठुलो क्षमताको सौर्य प्रणाली द्धारा विधुत उत्पादन हुने भएको छ । पुर्व सभामुख तथा प्रतिनिधी सभा सदस्य ओनसरी घर्ती मगर द्धारा थबाङ गाउँपालिका वडा नं एक विवाङमा १५० किलोवाटको सौर्य मिनी ग्रीड परियोजनाको शिलन्यास गर्नु भएको छ ।


एसियाली विकास बैंकको रु ३ करोड २४ लाख ८ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ४ करोड ५ लाख १० हजार र थबाङ गाउँपालिकाको रु ८१ लख २ हजार गरी कूल ८ करोड १० लाख २० हजार को लागतमा उक्त परियोजना निमार्ण हुने भएको हो । दिनमा ६०० युनिट विधुत उत्पादन हुने उक्त परियोजनबाट थबाङ गाउँपालिका वडा नं. १ र २ का करिव ४०० घरधुरी बत्ती बाल्न पाउनेछन ।


पुर्व सभामुख ओनसरी घर्तीमगरको प्रमुख आथित्यतामा, थबाङ गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्तीको अध्यक्षता तथा सुर्याेदय उर्जा प्रा.ली इन्जिनियर खेमराज भण्डारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


हामीले करिव ८ महिना भित्रै सौर्य प्रणाली द्धारा थवाङमा विधुत उत्पादन गरेर थवाङ गाउँपालिकाको वडा नं. १ र २ लाई झलमल पार्ने लक्ष्यका साथ हामीले यो कामको जिम्मा पाएका छौ । हामीले नेपालका अन्य धेरै ठाउहरुमा पनि यस्तो प्रोजेक्टहरु सम्पन्न गरिसकेको छौ हामीलाई विश्वास छ यो नेपालकै ठुलो परियोजना भएता पनि हामी यस्को काम ६ महिनामै सम्पन्न गर्ने आठ लिएका छौ । थवाङवासीले अहिले विधुतबाट झेल्दै आएको समस्या हल हुनेछ । सुर्योदय उर्जा प्रा.लीका इन्जिनियर खिमराज भण्डारीले वताउनु भयो ।


सोलार मिनी ग्रीड प्रणालीमा जर्मन प्रविधीका सामाग्रीहरु जडान गरिने भएकोले सौर्य प्रणालीमा दिगोपन भएको समेत बताउनु भयो । यसलाई नेपाल विधुत प्राधीकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्न मिल्ने, ग्राहकबाट अग्रिम शुल्क उठाउन मिल्ने,निमार्ण सम्पन्न पश्चात ३ वर्ष सम्म सुर्योदय उर्जा प्रा.लीले अपरेसन र मेन्टेनेन्स गर्ने र यस प्रणालीलाई इन्टरनेटको पहुचबाट विश्वको जुनसुकै ठाउबाट अनुगमन गर्न सकिने नया प्रविधी जडान गरिने भएकोले पनि थबाङ सोलार मिनी गी्रड नमुना हुनेमा विश्वोस्त रहेको वताउनु भयो ।

कार्यक्रममा बोल्दै पुर्व सभामुख ओनसरी घर्तीमगरले भन्नु भयो हरेक देशको राजनीती परिवर्तनमा थवाङको हरेक भुमिका रहदै आएको छ यहा सधै नमुना कामहरु भैरहेको हुन्छ । थवाङकै सङ्घर्षले गर्दा आज देशले मुहार फेरेको छ । थवाङको विकासको लागी अहिले सवैको चासोको रुपमा हेरिएको छ । यहा विकासको लागी धेरै वजेट छुट्टयाकाृे छ बरु यहाको जनताहरु सल्लाह गरेरै अगाडी बढ्नुहोस तपाइहरुको सेवाको लागी म लगायत हामी रोल्पाबाट प्रतिनिधीत्व गर्ने नेताहरु थवाङ्गीहरुको समृद्धीको लागी सधै तत्पर रहेको सवैमा बताउन चाहान्छु उहाले भन्नुभयो ।


तपाईहरुमा एक अर्काको राजनीती आस्था फरक होल तर विकासको काममा तपाईहरुमा फरक मत आउनुहुदैन यदि त्यसो भको खण्डमा विकासमा पछि पर्ने भनेको नै तपाइहरु हो पछि पर्ने भनेको थवाङ हो ।


थवाङ सधै नमुनामै पर्दै आएको छ यहा राजनीती क्रान्तीको हिसावले पनि नमुना नै छ यहा विकासको हिसावले पनि पछिल्नो समय नमुना बन्दै आएको छ र अझै नमुना बनाउन तपाई हामी तत्पर लागी रहनु पर्छ ।


अहिले तीन तहको सरकार छ साना तिना विकासका योजनाहरु स्थानीय सरकारले नै हल गर्न सक्ने अधिकार छ त्यस्ता योजनाहरुको माग लिएर तपाईहरु तपाइहरुकै सरकारमा माग गर्नुहोस त्यहा बाटै हल हुन्छ साना तिना योजना लिएर संघ र प्रदेश सरकारमा धाइरहनु पर्दैन स्थानीय सरकारको अधिकार भन्दाको बाहीर विकासका मागहरु लिएर आउनुहोस थवाङ विकासको लागी हामी सधै थवाङ्गीको साथमा रहेको अवगत गराउछु र अवको छ महिना भित्रै थवाङ्गीमा छुट्टै खुशी थपिनेमा विश्वोस्त रहेको र थबाङ्गीलाई शुभकामना समेत सभामुखले व्यक्त गर्नु भएकोे थियो ।


त्यस्तै कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्षले भन्नुभयो थवाङ सोलार मिनी ग्रीड परियोजनले थवाङ गाउँपालिकाका वडा नं. १ र २ का वासीन्दा व्यापारी लगायत धेरै कुरामा सौर्य प्रणालीबाट विधुत आपुर्ती भएपश्चात हाम्रो लागी अति नै खुशीको कुरा भएको बताउनु भयो ।
नेपालमै यो परियाजना नया तरिकाले निमार्ण भइरहेको छ । तर यती ठुलो भने अरु ठाउँमा छैन यो परियोजनबाट पर्यटकीय क्षेत्रको समेत विकास हुने कुरामा हामी पुर्ण आशा लिएका छौ ।

यो परियोजनले अहिले हामीलाई विधुतको अभावले गर्दा गाउँपालिका होस वा यहाका उधोग वा स्थानीयवासीलाई होस हामी धेरै मारमा परेका छौ त्यो सहजै हल हुने छ वरु सवै मिलेर यस परियोजनालाई समयमा समापन गर्न तर्फ लाग्न आग्रह गर्नु भयो । मिनी ग्रीड परियोजनको लागी थवाङलाई छनौट गरेको उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनलाई धन्यवाद तथा निर्माण टिमलाई सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।


नेपाल सरकार,उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सुर्योदय उर्जा प्रा.लि विच २०७६ मंसिर ११ गते ८ महिनाको समय अवधीमा काम सम्पन्न गर्ने गरी निर्माणको लागी सम्झौता भएको हो ।


थबाङ सोलार मिनी ग्रीड निर्माण उप–समितिका अध्यक्ष बसन्त रोकामगर को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालक थबाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

घर्ती द्धारा गाउँपालिकाको कार्यालय तथा जलजला समुदायिक अस्पतालको अनुगमन तथा निरिक्षण

पुर्व सभामुख ओनसरी घर्ती द्धारा थवाङ गाउँपालिकाको कार्यालय तथा जलजला समुदायिक अस्पताल थवाङको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । थवाङ गाउँपालिकाको कार्यालयमा पुर्व सभामुख घर्तीको स्वागत कार्यक्रम पश्चात सभामुख समक्ष सम्रग गाउँपालिकाको पछिल्नो अवस्था कर्मचारीको अवस्था,भौतिक पुर्वधार लगायतका गतिविधीको बारेमा थवाङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले सभामुख समक्ष प्रस्तुत गर्नुभएको थियो ।


त्यस्तै थवाङ गाउँपालिकामा रहेको जलजला सामुदायिक अस्पतालमा पुगरे अस्पतालको बारेमा समेत अध्ययन तथा निरीक्षण गर्नु भएको हो । अस्पतालको पुर्वाधार,कर्मचारी अभाव उपाचारको लागी आवश्यक पर्ने साम्रागी लागयतको बारेमा निरीक्षण गर्नु भएको हो ।

Facebook Comments