• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार




रुकुमपूर्वमा सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ ग्रहकी २६ वर्षिय लिलामति बि.क को हेलिक्पटर मार्फत उद्धार गरिएको हो ।


विगत तिन दिनदेखि सुत्केरी व्यथा लागेर समस्यामा परेकी वि.क को बुधवार दिउसो नेपाली सेनाको हेलिक्पटर मार्फत उद्धार गरी भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अरिर्यालले जानकारी दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार वि.क को यस अघि स्थानिय स्वास्थ्यचौकीमा उपचार भइ रहेको थियो । स्थानिय स्वास्थ्यचौकीमा उपचार भए पनि बच्चा जन्माउन नसकेपछि वि.क को हवाई सेवा मार्फत उद्धार गरिएको हो ।


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि अनुसार वि. क को उद्धार गरी नेपालगञ्ज लगिएको प्रजिअ अरिर्यालले बताउनुभयो ।


सरकारले लगातार लामो समयसम्म सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकी समस्यामा परेका, गर्भमा नै बच्चाको मृत्यु भएका, गर्भ अवस्थामा हात खुटा शरिर सुनिएका, अत्याधिक रक्तश्राव भएका, तथा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गर्ने गरेको छ ।

Facebook Comments