• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन




चिनी उद्योगले उखुको रकम भुक्तानी नगर्दा ऋणमा पिल्सिएका उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरुले समाजशास्त्र केन्द्रीय विभागबाट जुलुस निकाल्दै उखु किसानमाथी भैरहेको शोषण अन्त्य गर्न माग गरे । वर्षौंदेखि उखुको रकम भुक्तानी नभएकाले न्याय माग्न काठमाडौ आएका उखु किसानलाई अबिलम्ब न्याय दिनुपर्ने आसयका ब्यानरसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

“अहिले सरकार किसानहरुको हितभन्दा माफियाका पक्षमा उभिन पुगेको छ, सरकारको गैह्रजिम्मेवार व्यवहारका कारण अन्नदाता किसानले दुख पाउनुपर्ने अवस्था सिर्जना भएको छ”, प्रदर्शनमा सहभागी समाजशास्त्रका विद्यार्थी सरोज यादव भन्छन्,”हामी खुरुखुरु क्याम्पस आउने र घर फर्किनेमात्र काम गर्दैनौं, समाजमा भैरहेका सबै किसिमका अन्यायविरुद्ध आवाजपनी उठाउछौ ।”

प्रदर्शनमा सहभागी अर्का विद्यार्थी प्रदीप सेढाईले उखु किसानहरुको समस्या हल नभए विश्वविद्यालयमा थप प्रदर्शन गरिने बताए ।

Facebook Comments