माध्यामिक विद्यालय रझेना घोराहीले पहिलोपटक बार्षिक स्मारिका ‘उर्जा’ प्रकाशन गरेको छ । ६२ औं बार्षिकोत्सवमा उर्जा विमोचन गरिएको हो ।
२०१४ साल पुस १६ गते स्थापना भएको विद्यालयले विभिन्न ऐतिहासिक अभिलेख र शिक्षक विद्यार्थीका रचना समेटेर स्मारिका प्रकाशन गरेको हो ।
बार्षिकोत्सवमा प्रमुख अतिथि शिक्ष तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, विद्यालयका अध्यक्ष जीवन गौतम, पूर्वप्रअद्वय विनोद पोख्रेल र हरिप्रसाद गौतम, विव्यस सल्लाहकार चन्द्रराज पन्त र प्रअ उद्धव न्यौपानेले संयुक्तरुपमा स्मारिका विमोचन गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।