• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डिजिटल मिडियाका कारण जनता थप शक्तिशाली: मन्त्री पुन




उर्जामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बर्षमान पुनले डिजिटल मिडियाका कारण जनताको सूचनाको पहुच बलियो भएको बताउनुभएको छ ।

प्रदेश ५ का पत्रकारहरुसित भएको अन्तर्कृयामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

इन्टरनेटको विकास र सामाजिक सन्जालको विस्तारका कारण समाजमा सूचना शक्ति बलियो भन्दै गएको र यसले जनतालाइ बलियो बनाउदै लगेको उहाँले बताउनुभयो । यद्यपि यसमा सुधार गर्नुपर्ने ठाउँ धेरै रहेको उहाँले बताउनुभयो ।

गत आर्थिक बर्षमा देशमै ठूलो आर्थिक वृद्धि प्रदेश ५ मा भएको उल्लेख गर्दै उहाँले यो महत्त्वपूर्ण शुरूवात भएको बताउनुभयो ।

यो प्रदेश राष्ट्रिय विकासमा पनि बीचमा रहेकाले धेरै गर्नसकिने ठाउँ रहेको बताउनुभयो । यो प्रदेशमा सन्चारको विकास गर्न पनि राम्रो सम्भावना रहेकाले पत्रकारहरुको पनि ठूलो सम्भावना रहेको मन्त्री पुनले बताउनुभयो ।

तीन बर्षमा सबै ठाउँमा बिधुत पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो सरकार बनेपछि चार सय मेघावाट विद्युत उत्पादन भएको जानकारी दिदै उहाँले बिधुत उत्पादन र खपत दुबै बढेको बताउनुभयो ।

Facebook Comments