• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि चौघेराको अध्यक्षमा आचार्य




गोरक्षरत्ननाथ मावि चौघेराको अध्यक्षमा निर्मल आचार्य चयन हुनुभएको छ । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा उहाँ अध्यक्षमा चयन हुनुभएको हो ।


भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन हुनुभएको थियो । सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।

बैठकले आचार्यलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । सात सदस्यीय बिव्यसमा वडा अध्यक्ष खुशीम चौधरी पनि सदस्य रहनुभएको छ भने सदस्य सचिवमा प्रअ सेमलाल मल्ल रहनुभएको छ ।


त्यस्तै गोरक्षा रत्ननाथ मठका मठाधीश सुरतनाथ योगीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । जसका सदस्यहरुमा अशोककुमार घिमिरे, मोहनलाल चौधरी, दामोदर सुवेदी, दीनानाथ आचार्य र केशब भुसाल रहनुभएको छ ।


शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनालको अध्यक्षतामा भएको भेलाको सञ्चालन सहप्रअ विजय अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments